झापा ।
इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्का र प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी क्रमश असार र श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मुल्य मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागूऔषध खैरो हिरोईन, ब्राउन सुगर लगायतका प्रतिबन्धित लागूऔषध सहित उक्त कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी चौकी महारानीझोडा झापा दरवन्दी भई इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्कालाई उनले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।































