झापाका जुवाडे मोरङमा पक्राउ

0
1060

मोरङ,

झापाको हल्दीबारी, बुद्धशान्ति र बिर्तामोडका ५ सहित १२ जनालाई जुवा तास खेल्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ। उनीहरु जुवातास खेल्न ५० किलोमिटरभन्दा बढी यात्रा गरेर मोरङको कानेपोखरी-७ मा आउने गरेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा बुद्धशान्ति श्याम लिम्बु,मनिष लिम्बु बिर्तामोडका लक्ष्मी कुमार तामाङ, संजिव घतानी हल्दीबारीका ताराकुमार जोगी, धरानका किरण उदास, रुपचन लिम्बु, लेटाङ्गका समिर तामाङ, इटहरीका राजन पौडेल, बेलबारीका कृष्ण वहादुर लिम्बु, चन्द्र वहादुर लिम्वु र विमल गुरुङ रहेका छन्।

जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरी नेतृत्वमा खटिएको टोलीले बुधवार दिउँसो कानेपोखरी-७ चौविसै विधेका किशोर लुइँटेलको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुका साथबाट ३ लाख ५ हजार रुपैयाँ र ११ थान मोवाइल जफत गरिएको उपरीक्षक गिरीले जानकारी दिए। प्रहरीका अनुसार जुवा खेल्न पुग्नेहरूले कानेपोखरीमा सवारीसाधन राखेर ३ किलोमिटर दक्षिणतर्फ पर्ने चौबिस विधे पुग्ने गरेको खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here