मोरङ ।

मोरङको रंगेली रामघाट जयनपुर टोलका ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
मण्डलले आज आफ्नै खेतमा पानी पटाउनका लागि मटर जोड्ने क्रममा अचानक बिधुत सर्ट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटना स्थलमा पुगेर कानुनी कार्बाही भईरहेको प्रदेश प्रहरी कार्यालय रिाटनगरले जनाएको छ ।































