
चित्रा पौड्याल
दुई विपरित ध्रुवमा मुख फर्काउँछन हाम्रा छिमेकी
आँच आयो मौलिकतामा ध्वस्त बन्दैछ विकृतिले
दुई ढुंगाबीचको तरुल भन्छौ खोई गोडमेल गरेको
मजाक भयो झन दिव्योपदेश दुरदृष्टिकोअवनतिले
पातपातमा मात्र अल्झिरह्यौ सुक्दै गए मूल जराहरू
अति भो प्राण माथिको खेलवाड सतायोअधोगतिले
नखाएको विषले भतभती पोल्यो नेपाली जनतालाई
मृत्यु पारिदैछ भयावह शक्तिराष्ट्रकोअर्थ राजनीतिले



























