लक्ष्मी उप्रेती , काँकरभिट्टा ।
नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुडीहरुको माग पछिल्लो समय भारतमा निक्कै बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६÷२०७७ मा काँकरभिट्टा नाका भएर ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय १ केजी जी विभिन्न खालका जडीबुटी निर्यात भएको सरकारी तथ्याङ्क छ ।
जडीबुटी निर्यात वापत प्रतिकेजी १ रुपैयाँ महसुल वाहेक अन्य सवै छुट भएको मेची भन्सार कार्यालय कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
यो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी भारततर्फ निर्यात हुने गरेको भन्सार अधिकारीहरुको भनाई छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा यो नाका भएर १ करोड ९२ लाख ५५ हजार वा २ सय २९ केजी जडीबुटी निकासी भएको थियो । जुन निकासी आर्थिक वर्ष २०७६÷२०७७ को तुलनामा १ करोड २१ लाख१७ हजार रुपैयाँले निर्यात बढेको हो ।
पछिल्लो समय भारतमा नेपाली जडीबुटीको मागबढेसँगै निर्यातमा समेत बृद्धि भएको भन्सार अधिकारीहरुको भनाई छ ।





























