क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

0
497

कास्की,

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ ।

समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो ।

“प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका छन्”, कोइरालाले भन्नुभयो,“क्रसर उद्योगलाई मापदण्ड पालना गराउनेबारेमा सबै समन्वय प्रमुखसँग छलफल गर्दछौँ ।”

बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा, भागवत प्रकाश मल्ल, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा र सरिता गुरुङले आ–आफ्नो जिल्लामा क्रसर उद्योग र अवस्थाबारे जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here