धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

0
627

धरान ।

सुनसरीको धरानस्थित बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ११ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४३ वर्षीया महिलाको मृत्यु भएको हो।

गत भदौ १८ गते बिहान प्रतिष्ठानमा भर्ना भएकी ती महिलामा १७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलामा तीन दिनदेखि श्वासप्रश्वासमा समस्या, पेट र छाती दुख्ने समस्या भएकाले न्यूरो अस्पताल विराटनगरमा उपचाररत थिइन्।

विगत ४ वर्षदेखि उच्च रक्ताचापकी दीर्घ रोगी उनमा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो अस्पतालबाट रेफर गरिएको थियो।

बीपीमा हालसम्म कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here