तुलसीप्रसाद निरौला ,विर्तामोड । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीनजना सदस्यहरुलाई सदस्य उपचार राहत सुविधा प्रदान गरेको छ ।

संस्थाले मेचीनगर सेवाकेन्द्रकी सदस्य काँकरभिट्टा निवासी कमलकुमारी राईलाई उपचार सहयोग वापत २० हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेत र मेचीनगर सेवा केन्द्रका प्रमुख शान्तकुमार बस्नेतले पत्थरियाको शल्यक्रिया गरेकी राईलाई उपचार सहयोग वापत उक्त रकम हस्तान्तरण गरेका थिए ।
यस्तै, संस्थाको गरामनी सेवाकेन्द्र अन्तरगतका सदस्य शिवकुमार संग्रौलालाई उपचार सहयोग वापत १९ हजार छ सय ७० रुपैयाँ प्रदान गरिएको छ ।
एपेण्डिसाइट्सको शल्यक्रिया गरेका संग्रौलालाई संस्थाका विभागीय प्रमुख विजय बस्नेत र गरामनी सेवाकेन्द्रका प्रमुख दिपेश राजवंशीले उपचार सहयोग वापत उक्त रकम हस्तान्तरण गरेका थिए ।
त्यस्तै संस्थाले गोलधाप सेवाकेन्द्रकी सदस्य बिमला लिङ्देनलाई उपचार सहयोग बापत १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
पित्तथैलीको पत्थरीको शल्यक्रिया गराएकी राईलाई संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले उपचार सहयोग बापत उक्त रकम हस्तान्तरण गरेका थिए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको जीवनका अनेकन सुखदुःखका क्षणहरुमा साथ दिँदै शेयर सदस्यहरुलाई स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा लगायतको सेवासुविधा प्रदान गरिएको संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले वताए ।





























