कालिका नेपालको अध्यक्षमा भक्तबहादुर

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

बिर्तामोड।

विगत चार वर्षयता सामाजिक कार्यमा सक्रिय संस्था कालिका नेपालको अध्यक्षमा भक्तबहादुर कार्की निर्विरोध चयन भएका छन् ।

शनिबार बिर्तामोडमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले कार्कीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा जयाकुमारी अधिकारी खनाल, सचिवमा मनोज घिमिरे, सहसचिवमा दिपक अर्जेल र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्विरोध चयन गरेको मुख्य निर्वाचन अधिकृत बलराम कार्कीले जानकारी दिए ।

त्यस्तै, एकराज गिरी र हिमाल खरेल निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले सदस्यहरुमा मोहन सिटौला, रमा खनाल, उमेशकुमार श्रेष्ठ, शंकरप्रसाद ढकाल, देवका अधिकारी अर्याल र घनेन्द्र निरौला निर्विरोध चयन गरेको छ ।

संस्थाको भदौ ११ गते आयोजना गरिएको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशन सदस्यहरुबीच विवाद भएपछि स्थगित भएको थियो । बहुमत सदस्यले भदौ २० गतेका लागि अर्को साधारणसभा गर्ने निर्णय गर्दै सो दिनको साधारणसभा स्थगित गरेका थिए ।

संस्थाका सचिव मनोज घिमिरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलसीराम खरेलले गरेका थिए । शनिबारको साधारणसभा बहुमत सदस्य संख्याको उपस्थितिमा गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here