सहारा खेलकूद पत्रकारिता पुरस्कार इन्द्र पौडेललाई

२० भाद्र २०७७, शनिबार मा प्रकाशित

पोखरा,

सहारा खेलकूद पत्रकारिता पुरस्कार—२०७६ टेलिभिजनकर्मी इन्द्र पौडेललाई प्रदान गरिने भएको छ ।

क्लबका सल्लाहकार एवम् अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको हो । क्लबका अध्यक्ष केशबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सो सिफारिसलाई अनुमोदन गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्लबले हरेक वर्ष पत्रकारिताका माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

पौडेल कान्तिपुर टेलिभिजनमा आबद्ध हुनुहुन्छ भने पत्रकार महासङ्घ गण्डकी प्रदेशका सचिव र खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुनुहुन्छ ।

क्लबको २२औँ वार्षिकोत्सवका अवसरमा भदौ ३० गते उहाँलाई सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २० हजार पाँच सय नगदसहित ताम्रपत्र रहेको क्लबले जनाएको छ । यसअघि सो पुरस्कारबाट खेलकूद बिटमा विभिन्न माध्यमबाट समाचार सम्प्रेषण गर्ने क्रियाशील १४ जना पत्रकार एवम् सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here