७ महिलासहित ६८ जनाले रगत दान

0
795

काँकरभिट्टा,

नोवल कोरोना भाइरस कोभिड १९ का कारण झापामा हुने रगतको अभावलाई कम गर्न शनिबार झापाको मेचीनगर—१२ सहरेडागीमा वृहद खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर १२ नम्बर वडाको संयुक्त आयोजनमामा सहरेडागीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक विचार चौतारी युवा क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीका अनुसार उक्त कार्यक्रममा ७ महिला र ६१ पुरुष गरी कुल ६८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटि झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सह आयोजकका रुपमा डाइनामिक युथ क्लब मेचीनगर—१२ पिपलडाँगी र विशेष सहयोगी संस्थाकारुपमा श्री अन्तु हेल्थ केयर विर्तामोड झापा रहेका थिए ।

संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापालाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षाकर्मी सञ्चारकर्मीसहितले रगत दान गरेका थिए । आयोजकले कुल ५० प्रिन्ट रगत संकलन गर्ने सोच राखेको भएपनि यति ठूलो परिमाणमा रगत संकलन हुनुमा रक्तदाताहरुको उत्साहका कारण भएको अध्यक्ष भण्डारीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here