बालिका अपहरणमा एम्बुलेन्सको प्रयोग, दुई एम्बुलेन्ससहित तीन जना पक्राउ

0
814

मोरङ,

बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीनजनासहित दुईवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्। अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगाबाट प्रहरीले उद्धार गरेको छ।

अपहरण कार्यमा संलग्न सुजनले ती बालिका अपहरण गर्न दुईवटा एम्बुलेन्स प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले बताए। सुजन बालिकासहित पथरी बजार आएर को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए।

त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाडौ जाने क्रममा साँगाबाट पक्राउ परेको नायब उपरीक्षक गिरीले बताए। पीडित परिवारका अभिभावकले छोरी हराएकोबारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्ने क्रममा दुईवटै एम्बुलेन्स र अपहरणमा संलग्नहरुलाई साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थपिएको गिरीले बताए। प्रहरीले बालिकावाट दुई लाख रुपयाँ समेत बरामद गरेको छ। बालिकाकी आमाले गएको केही दिनअघि मात्रै पथरी बजारका एक फाइनन्सबाट उक्त रकम ऋण लिएकी थिइन्। सोही रकमको लोभमा सुजनले ती बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीले अनुमान छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here