शुरुवाती कोठा नेपालको अध्यक्षमा दास

0
984

तुलसीप्रसाद निरौला ,विर्तामोड  । शुरुवाती कोठा नेपालको अध्यक्षमा दीपक दास चयन भएका छन् ।
संस्थाको विर्तामोडमा भएको वार्षिक साधारणसभाले दासको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रमिला बजगाई, सचिवमा टीकाराम धमला (रञ्जन), सहसचिवमा रोहीत ओझो कोषाध्यक्षमा रविन पाठक रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा संगिता बस्नेत, गरिमा अधिकारी, निरज श्रेष्ठ, निर्मल निरौला, यज्ञराज कडरिया, संजोग खरेल रहेका छन् ।

संस्थाका संस्थापक अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्य र मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णुप्रसाद खरेलको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सञ्जय बस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रविन पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक सचिव द्वारिका निरौलाले संस्थाको अवधारणा प्रस्तुत गरेका थिए । उनले २०७६ सालमा जिल्ला प्रशासन कार्यालय झापामा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको शुरुवाती कोठा नेपालले कृषि, पर्यटन, उद्यमशिलता, शिक्षा, मानवीय उद्धारको क्षेत्रमा विभिन्न कार्य गरिरहेको जानकारी दिए ।

संस्थाकी सदस्य प्रमिला बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगिता बस्नेतले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here