स्व–अध्ययनमा रमाउँदै विद्यार्थी

0
1405

ताप्लेजुङ ।

लामो समयसम्म विद्यालय खुल्न नसकेपछि रिड नेपालको पहलमा तयार पारिएको स्व–अध्ययन पुस्तकमा विद्यार्थी रमाउन थालेका छन् ।

कोरोनाको कारणले विद्यालय बन्द भएपछि विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास हराउँदै जाने भएकोले ताप्लेजुङमा रिड नेपालको कार्य क्षेत्र फक्ताङलुङ गाउँपालिका र सिरिजंघा गाउँपालिकाभित्रका विद्यालयलाई अध्ययन प्रति लगाव गराउन विभिन्न कार्यक्रमहरु गर्दै आएको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले बताए ।

बन्दाबन्दीको समयमा पहिलो प्याकेजमा ताप्लेजुङमा रहेको तीन वटा स्थानीय रेडियो र तेह्रथुम जिल्ला रहेको आठराई रेडियो दुई महिना रेडियो सिकाई कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक पन्तले बताए । दुर्गम गाउँहरुमा रेडियोको पहँुज नपुग्ने भएकोले दोस्रो प्याकेजमा स्व–अध्ययन नामक पाठ्यपुस्तक तयार गरेर बाल शिक्षादेखि कक्षा ५ सम्म प्रत्येक विद्यार्थीको हातहातमा पु¥याएको कार्यक्रम संयोजक पन्तले बताए ।

नेपाल सरकारले तयार पारिएको पाठ्यक्रमलाई आधारमा मानेर दुई महिनाको लागि फक्ताङलुङ गाउँपालिकामा अवस्थित २२ विद्यालय र सिरिजंघा गाउँपालिकाका १३ विद्यालय गरी ३५ विद्यालयमा दुई हजार छ सय विद्यार्थी अध्ययनरत् भएको जसमा बाल कक्षादेखि ५ कक्षासम्ममा एक हजार पाँच सय विद्यार्थीहरुलाई चार लाख ५० हजार रुपैयाँ बराबरको पाठ्यक्रम तयार पारेर एक हजार पाँच सय पाठ्यक्रम सामग्री सम्बन्धित विद्यालयमा निःशुल्क वितरण गरेको कार्यक्रम संयोजक पन्तले बताए ।

बाल शिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई वितरण गरेको र कक्षा ५ सम्मको लागि नेपाल सरकारले तयार पारेको पाठ्यक्रमको आधारमा अडियो र भिडियो तयार भइसकेको त्यसलाई जहिले पनि उपलब्ध गराउन सक्ने कार्यक्रम संयोजक पन्तले बताए । लामो समय छोरा–छोरी विद्यालय जान नपाउँदा पढाई प्रति रुची कम हँुदै जान थालेको थियो । तर, रिड नेपालले सबै विषय समेटेर कलरमा स्व–अध्ययन पाठ्यपुस्तक छोरा–छोरीले घरमै बसेर रमाउँदै अध्ययन गरिरहेको फक्ताङलुङ– ५ की अभिभावक पूर्णकुमारी राईले बताइन् ।

कोरोनाका कारणले विद्यालयमा अध्ययनअध्यापन गर्न सम्भव नभएको समयमा सबै विषय समेटेर स्व–अध्ययन पुस्तक विद्यार्थीका लागि लाभदायक भएको फक्ताङलुङ–६ स्थित महेन्द्र आधारभूत विद्यालयका शिक्षक विशस केदेमले बताए । कोरोनाका कारण माथिल्लो तहको परीक्षा त स्व–मूल्याङ्कन विधिबाट विद्यार्थीको ग्रेड दिएको छ, आधारभूत तहका विद्यार्थीहरु यसै स्व–अध्ययनबाट पनि मूल्याङ्कन गर्न सकिने शिक्षक केदेमले बताए ।

दुर्गम गाउँघरमा अनलाइन के हो थाहा छैन, रेडियो सबैको घरमा छैन् । स्व–अध्ययन किताबले बालबालिकाको पढ्ने बानीको विकास गरेको फक्ताङलुङ–६ सरस्वती च्यारीबुक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार फेम्बुले बताए । चैतयता शिक्षकहरु घरमै बसेर जनताले तिरेको करबाट तलब लिई राखेकोले आफनो टोल–टोलमा गएर विद्यार्थीहरुलाई गाईड गर्नुपर्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष फेम्बुले बताए । रिड नेपालले बन्दाबन्दीको समयमा विद्यार्थीलाई अध्ययन प्रति अभिरुची जगाउन विभिन्न कार्यक्रमले विद्यार्थीको थप हौसला प्रदान गरेको फक्ताङलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here