युवाको भविष्य कता ?

0
1968

चरण प्रसाईं,

युवा को हुन् ? युवा कता गइरहेका छन् त ? युवा नाम मात्रका युवा हुन्, पछ्याउने उही पुरानो प्रवृत्ति, बुढाहरुको प्रवृत्ति देख्यो, खै के परिवर्तनको अपेक्षा भन्ने पनि गरिन्छ ! हावाको बहावसँगै यता र उता कुद्ने हामी युवा ! गम्भीर बन्नै नजान्ने, हावादारीको भरमा कुद्ने, सही गलत त पार्टी छ नि मिलाउने, आफू नेताको भक्तिगान गाउने, पुज्ने ? कमजोरी नै कमजोरी ! यहाँको चलन यस्तै पो हो कि ? कुरो सिष्टम र विधिको हो÷होइन र ? सधैँ भक्तिगान मात्र…! कहिले अघि बढ्ने ? सधैँ पार्टीलाई पुज्ने बानी ? हावादारी गफ मात्रै गर्ने ? केही सकारात्मक कुरा सुन्ने, बुझ्ने पनि हो कि त…!

युवा सपना हो, रसायनको एक रूप हो ! युवाको सपना खोइ त, संसारका युवा हेरौं त कति अगाडि बढेका छन् ! हामी चाहिँ सधैँ पार्टीकै इशारामा नेताको स्वार्थका लागि ढुङ्गा हान्ने, तोडफोड गर्ने ! मान्छे काट्ने, पिट्ने ? स्वविवेकले काम नगर्ने ? वास्तविक युवा कहिले बन्ने हामी ? उमेर र सोचका हिसावले युवा किन सक्रिय रुपले हिंड्न सकेका छैनन् ?
जापानमा कुद्ने बुटेल टे«न जस्तो तेज इमान्दार र ऊर्जावान युवा अगाडि आउनु प¥यो यो २१औं शताब्दीमा । हालको जस्तो उही पुरानै सिस्टममा कुद्ने होइन । युवा इमान्दार, नैतिकवान , सभ्य, सौम्य र आम जनताप्रति उत्तरदायी हुनु जरुरी छ । राजनीतिक पार्टीले आफ्नो स्वार्थमा आन्दोलन गर्ने जस्ता कार्यहरुमा सम्भावना बोकेको युवा जमात दुरुप्रयोग भइरहेका छन् । हाम्रो अघिल्लो युवा पुस्ता जिम्मेवार नहुँदा यो युवापुस्ताले सास्ती भोग्नुपरेको छ । नीति–नियम, सहमति, सहकार्य, वार्ता, आन्दोलन, क्रान्ति जस्ता शब्द सुन्दासुन्दै यहाँ कयौं दशक बितिसकेको, नेपाली युवाको कपाल फुलिसक्यो । अझै देशमा उही नीति–नियम, राजनीतिक आडमा, त्यही पुरानै स्कूलिङमा हुर्केर त्यही प्रवृत्ति देखिन्छ युवाको नेतृत्वमा ।

कमसेकम आजको समयमा आफ्नो नेतृत्वलाई कार्यशैलीप्रति, पारदर्शी र जवाफदेही बनाउन प्रश्न त गर्नु जरुरी छ । एक लेखकको यो भनाइले पनि मनन् गर्न, चिन्तन गर्न बाध्य बनाउँछ– ‘युवा अवस्थामा हामीसँग एक शक्तिशाली क्षमता छ र हामीसँग पुरानो विचार र अभ्यासहरू परिवर्तन गर्न हिम्मत हुनुपर्दछ ताकी हामी तिनीहरूको शक्तिलाई राम्रो अन्त्यतिर निर्देशित गर्न सक्दछौं ।’

रूसोले भने झैं मानिस स्वतन्त्र जन्मिन्छ र सामाजिक जञ्जालले बाधिँदै जान्छ । अर्थपूर्ण र जीवन्त समाजमा युवा प्रभावी शक्ति हुन्छ । चेतनशील युवाले त्यो यसै अनुभूत गरी हाल्छ । समाजमा रहेर सामाजिक क्रियाकलाप साथै राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वतन्त्रतताका लागि सदैव आवाज उठाउँदछ । युवा पुस्ताको सोच र व्यवहार जस्तो हुन्छ, हाम्रो समाजको भविष्यको नियति पनि त्यस्तै हुने हो । आजका, अबका युवा कुनै दलको ह्वीपमा भन्दा पनि आफ्नै चेतनाको आधारमा परिचालित भई माथि उठ्न जरुरी छ । स्वतःस्फूर्तरुपमा एकजुट भई विसंगतिकाबिरुद्ध उठ्नु स्वतन्त्र सत्य बिचार राख्नु आजको आवश्यकता हो ।

एउटा महत्वपूर्ण उदाहरण पनि हेरौं देशमा केही समयअघि एउटा युवाशक्ति जन्मियो– – Enough is Enough Campaign गैर राजनीतिक युवा आज पनि राम्रो उद्देश्यका लागि सडकमा छन् । उनीहरु बृहत्तर हितकै लागि आएको छन्, प्रणालीसँग प्रश्न गर्न आएका छन् । शासकको चरित्र, कार्यशैली प्रश्न गर्न, फेर्न, सुधार्न आएका छन् । तैपनि उनीहरु भन्छन् मलाई राजनीतिक मन पर्दैन, गर्दिन । समय–समयमा युवा सामाजिक सञ्जालबाटै आक्रोश, असन्तुष्टि, ऐक्यबद्धता जनाउँदै सडकमा पनि उत्रिएका छन् । केही समय अघि यो क्याम्पिङले देशैभरका युवा सडकमा आएको तथ्य पनि छ नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउन ।

स्वतन्त्र नागरिक युवाले सरकारले समयमै सुनोस् र जिम्मेवार बनोस् भनी आवाज उठिरहेको हुन्छ । भद्र र शान्तिपूर्ण ढंगले, नारा लागीरहेको हुन्छ । नेपाली राजनीतिमा कहिल्यै नदेखिएको युवा जमात सडकमा ओर्लिएका छन्, स्वतन्त्र युवाको ठूलो जमात छ । युवामा वेरोजगारी समस्या पनि ठूलो छ देश्मा । शिक्षित वेरोजगारी युवा ठूलो संख्यामा छन् । लोकसेवामा अधिकृत तहमा एक सय जनाको (कोटा) आवेदनमा एक लाख जनाले फारम भरेको देख्दा लाग्छ देशमा हजारौं पढेलेखेका वेरोजगारी युवा छन् । जो के गर्ने भनेर भौतारी रहेको प्रशस्त देख्न सकिन्छ ।

मेनपावर र कन्सल्टेन्सीमा पनि विदेश जानका लागि युवा भीड उत्तिकै देख्न सकिन्छ । पछिल्लो अध्ययन हेर्ने हो भने विश्वव्यापी स्वास्थ्य संकटका बनेको कोरोना भाइरसको महामारीले गर्दा नेपालमा युवा वेरोजगारी दोब्बर भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । युवा रोजगारी संकटसँग सामना विषयक प्रतिवेदनले छोटो अवधिका परिदृष्यमा युवा वेरोजगारी ४.८ प्रतिशत र लामो अवधिका परिदृष्यमा ६.१ प्रतिशत पुग्ने बताएको छ । युवाले रोजगारी गुमाउने प्रतिवेदनमा उल्लेख छ । बढ्दो वेरोजगारी त्यसमाथि सत्ताको फेरबदल अनि कुर्सीको होडबाजी र भ्रष्टाचारले गर्दा युवा बिदेशिनु, निराश बनेर भौतारी रहेको छन् । दिनदिनै बढेको वेरोजगारी समस्याले । देशमै स्वरोजगारको सिर्जना गर्न सके युवाले नेपाललाई स्वीजरल्याण्ड बनाउने छन् ।

युवा दुई धारमा छन् । राजनीतिक दल र संगठनमा आबद्ध युवा एक धार र अर्को दलसँग असम्बन्धित तर राजनीतिक–सामाजिक मुद्दा उठाउने, राजनीतिक बुझ्ने युवाको जमात छ । जो आफ्नो करियरतिर फोकस छ व्यवसायिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, सिर्जनशीलता र उद्यमशीलताद्वारा विकासको सम्भावनातिर तल्लिन छ । त्यो बाटो हिँडीरहेको छ । अब युवा चेतनाको आधारमा परिचालित भई स्वतःस्फूर्तरुपमा एकजुट हुन जरुरी छ । युवा विभाजित हुने होइन । एकताको सूत्रमा बाँधिनुपर्छ । सही र गलतबीचको फरक छुट्याउन सक्नु पर्छ युवाले । इतिहासले नेपाललाई स्वाभिमानसहितको समृद्व नेपाल निर्माणको अभिभारा हामी युवालाई सुम्पेको छ । देशलाई जुझारु, पार्टी, जात, धर्म, भूगोलभन्दा माथि उठ्ने युवाको आवश्यकता परिरहेको छ यतिबेला । यो बारेमा युवाले सोच्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here