मोरङ । 
मोरङको धनपालथान–३ चेकाटोलका बिजय ऋषिदेबका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।
बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनी घाईते भएका थिए ।
घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।































