बुद्धशान्तिका तीन युवाले शुरु गरे होक्सेमा बाँस उद्योग

२२ भाद्र २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड ।

बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न झापाको बुद्धशान्तिमा बाँस उद्योग संचालनमा आएको छ । ६ लाख रुपैंयाको लागतमा उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर तथा ताप्लेजुङमा पाइने चोया बाँस तथा भालु बाँसबाट बाँसका विभिन्न सामग्री निर्माण गरिने बताइएको छ ।

बुद्धशान्तिका तीन जना युवाको लगानीमा संचालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने बताइएको छ । यस्ता सामाग्री उत्पादन गर्ने नेपालकै पहिलो उद्योग रहेको संचालक मनोज प्रसाईले दाबी गरे । त्यस्तै बजारको माग अनुसार बाँसका अन्य विभिन्न सामग्रीहरु समेत उत्पादन गर्दै लैजाने प्रसाईले बताए ।

पछिल्लो समय प्लास्टिकजन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बेला बाँसका यस्ता अग्र्यानिक उत्पादन वातावरण मैत्री तथा स्वस्थ्यकर रहेकोले सबैले प्रयोग गर्नुपर्ने अर्का संचालक गोकुल पौडेलले बताएका छन् । दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बनिने भएकोले स्थानीय क्षेत्रमा पाइने बाँसको प्रयोगबाट बनेका उत्पादन सबैले प्रयोग गर्नुपर्नेमा पौडेलले जोड दिए ।

पछिल्लो समय खुलेका विभिन्न होमस्टे र होटल रेन्टुरेन्टहरुमा अग्र्यानिक सामग्रीहरु प्रयोग हुन थालेको देख्न सकिन्छ । बाँसबाट बन्ने सामग्रीहरु त्यस्ताठाउँहरुमा पु¥याएर बजारीकरण गरिने अर्का संचालक रोसन भट्टराईले बताए । स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा नेपालमा मात्र नभएर विदेशी मुलुकहरुमा पनि यस्ता नेपालका उत्पादनहरु पु¥याइ बजारीकरण गर्ने सकेमा नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने बताउँदै सम्पूर्ण नेपालीहरुलाई यस्ता अग्र्यानिक उत्पादन प्रयोग गर्न भट्टराईले अनुरोध गरेका छन् ।

यसैबीच उद्योगको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति १ स्थित होक्सेमा सोमबार उद्योगको उद्घाटन गरिएको छ । उद्योग सञ्चालनमा आएसंगै १० जनाबढीले रोजगारी पाएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here