फाकफोकथुममा पहिलो पटक एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

0
573

युद्धबहादुर बोहोरा /इलाम,

फाकफोकथुमका एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पाँचथरमा कार्यरत चार सुरक्षाकर्मी,एक कामदार सहित फाकफोकथुम –२ निवासी ५३ वर्षिय एक व्यक्ति गरि जम्मा छ जनाको पिसिआर रिर्पोटमा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

फाकफोकथुम–२ निवासी सङ्क्रमण पुष्टि भएका व्यक्ति प्रहरी कार्यालय पाँचथरको हिरासतबाट घर फर्किएका थिए । हाल उनको परिवार र छिमेकमा सम्पर्क भएका मानिसहरुको कन्ट्रयाक ट्रेसिङ्ग,एरिया सिल,पिसिआर चेक तथा थप सावधानीको बारेमा फाकफोकथुम गाँउपालिकाले सोमबार एक सुचना जारी गरि उच्च सतर्कता अपनाएको कार्यालयले जानकारी दिएको छ ।

सङ्क्रमित व्यक्ति केही दिन अघि विधुत दुर्घटनामा परि हाल झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचाररत रहेको जनप्रतिनिधि खड्ग बहादुर राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here