शनिश्चरे माविको क्वारेन्टिनमा बसेकालाई दिवा खाजा

0
791

तुलसीप्रसाद निरौला ,विर्तामोड  । अर्जुनधारा नगरपालिकाले शनिश्चरे माविमा स्थापना गरेको क्वारेन्टिनमा बसेका ३५ जनालाई अर्जुनधारा –६ लक्ष्मीपुरस्थित लक्ष्मी माविमा रहेको युवा रेडक्रस सोसाइटी र सगरमाथा टिन्स क्लवमा आवद्ध विद्यार्थीले दिवा खाजा खुवाएका छन् ।

युवा रेडक्रस सोसाइटीकी सभापति कञ्चना लुईंटेलको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाकी आकृति चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा रेडक्रस सोसाइटीका समिर अर्यालले गरेका थिए ।

कार्यक्रममा लक्ष्मी माविका शिक्षक गंगाराम भट्टराई , शनिश्चरे माविकी शिक्षक तारादेवी विक , युवा रेडक्रस सोसाइटीकी कोषाध्यक्ष सविता रिमाल , सदस्य सुसन शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा युवा रेडक्रस सोसाइटी र सगरमाथा टिन्स क्लवमा आवद्ध विद्यार्थीले शनिश्चरे माविको क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई चाउचाउ , पाउरोटी , फलफूल , पानी वितरण गरेको लक्ष्मी मावि युवा रेडक्रस सोसाइटी र सगरमाथा टिन्स क्लवकी शिक्षक नायक सिर्जना रोक्काले बताइन् ।

कार्यक्रमको सञ्चालन सगरमाथा टिन्स क्लवकी सदस्य पवित्रा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here