नेपाल चलचित्रकर्मी संघ,प्रदेश १ दर्ता

२३ भाद्र २०७७, मंगलवार मा प्रकाशित

झापा ।

नेपाल चलचित्रकर्मी संघ,प्रदेश १ दर्ता भएको छ । चलचित्र क्षेत्रमा रहेका सबै विधालाई समेटेर गठन गरीएको संघ सोमबार सामाजिक विकास मन्त्रालय प्रदेश १मा दर्ता गरीएको हो ।

नेपाल चलचित्रकर्मी संघको अध्यक्षमा केवल तामाङ रहेका छन् । समितिमा वरिष्ट उपाध्यक्ष सुवास मेचे,उपाध्यक्ष कुमार सिलवाल,सचिव रमेश तिवारी,सह–सचिव भगवती ढुङ्गेल,कोषाध्यक्ष डम्बरबहादुर विश्वकर्मा‘रोहन’ र सदस्यहमा हिमाल दाहाल, ज्ञानवहादुर सुव्वा, अनिता राई, सुमन तामाङ, रेखा लिम्बु, मनिता तामाङ, भावना मगर छन् ।

१३ जनाको समितिमा प्रदेश १का झापा,इलाम,पाँचथर,मोरङ्ग,सुनसरी,संखुवासभा लगायतका जिल्लाहरुबाट प्रतिनिधित्व गराईएको छ । चलचित्र क्षेत्रमा आवद्व रहेर काम गरीरहेकाहरुको हकहित र अधिकारका विषयमा चासो राख्दै संघ दर्ता गरीएको अध्यक्ष तामाङले बताए ।

संघले प्रदेश १ मा चलचित्र पर्यटन तथा यस क्षेत्रको विकास लागि सक्रीयरुपमा भुमिका खेल्ने जनाईएको छ । नेपाल चलचित्रकर्मी संघको मुख्य कार्यालय झापाको विर्तामोडमा रहने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here