डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना पुष्टि,प्रदेश–१ मा ८० जना संक्रमित थपिए

0
534

विराटनगर।

प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्कीलाई कोरोना पुष्टि भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका एक अधिकृतले जानकारी दिए । उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा छन् ।

यसैबीच प्रदेश १ मा मंगलवार ८० जना संक्रमित थपिएका छन्। मंगलवार सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १/१ पुरुषमा संक्रमण देखिएको छ। त्यस्तै, मोरङको विराटनगरका ११ महिला र ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १/१ पुरुष संक्रमित भएका छन्। ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश बाहिरका १ पुरुषको पनि मंगलवार पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ। प्रदेश १ मा मंगलवार १६ जना डिस्चार्ज भएका छन्। मंगलवार जिल्ला अस्पताल खोटाङबाट ६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५/५ जना डिस्चार्ज भएका हुन। यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९१२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here