मृगौलापीडित तामाङको उपचारमा सहयोग

२४ भाद्र २०७७, बुधबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,विर्तामोड । झापाको विर्तामोड नपा ३ सुकुम्वासी टोलकी मृगौलापीडित ४२ वर्षीया धनमाया तामाङको उपचारका लागि ३१ हजार चार सय १० रुपैयाँ सहयोग गरिएको छ ।

 

गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडले धनमाया तामाङ वचाऔं अभियान सञ्चालन गरेर त्यसवाट संकलित रकम मृगौलापीडित धनमाया तामाङलाई प्रदान गरिएको गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडका अध्यक्ष भुपाल वस्नेतले बताए ।

विगत १० महिनादेखि दुईवटै मृगौला खराव भएर हप्तामा दुईपटक डाइलाइसिस गराउँदै आएकी तामाङलाई उपचारमा आर्थिक अभाव भएपछि उनले गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडलाई आफ्नो जीवन बचाइदिन सहयोगको पहल गरिदिन आग्रह गरेकी थिइन् ।

तामाङको आग्रह वमोजिम गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडले धनमाया तामाङ वचाऔं अभियान मार्फत हल्दिवारी –१ गोल्धाप कुचाटोली टोलबाट विजय तामाङको नेतृत्वमा संकलन भएको १५ हजार दुई सय ४० रुपैयाँ र जलथल झापारोड सातघरे टोलबाट धनबहादुर पाख्रिन र मानवहादुर पाख्रिनको नेतृत्वमा संकलन भएको १५ हजार नौ सय रुपैयाँ गरी ३१ हजार चार सय १० रुपैयाँ मृगौलापीडित धनमाया तामाङको उपचारका लागि सहयोग गरिएको गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडका अध्यक्ष भुपाल वस्नेतले बताए ।

उक्त रकम गंगामाया तथा नरवहादुर वस्नेत क्यान्सरपीडित सहयोग संस्था विर्तामोडका अध्यक्ष भुपाल वस्नेत , विजय तामाङ , धनबहादुर मोक्ताङ , मानवहादुर मोक्ताङले मृगौलापीडित धनमाया तामाङलाई हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष वस्नेतले मृगौलापीडित तामाङको उपचारमा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै तामाङको जीवन वचाइदिन सवैलाई आग्रह गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here