खोलाले बगाउदा झापामा बालकको मृत्यु

0
1292

झापा ।

झापाको कनकाई नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका –९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन ।

बुधबार दिउसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here