रगतको अभाव टार्न वीरता जेसीजको रक्तदान

0
969

तुलसीप्रसाद निरौला , विर्तामोड  । वीरता जेसीजको आयोजनामा बुधबार बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी झापाको आह्वानमा रगतको अभाव टार्न रक्तदान कार्यक्रमको आयोजना गरेको वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलले बताए । उनले जेसीजको आस्था अनुसार नै मानवताको सेवाका लागि रक्तदान गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पाँच जना महिला र ५० जना पुरुष गरी ५५ जनाले रक्तदान गरेको अध्यक्ष पोखरेलले बताए ।

 

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रभात मास्केले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले रगतको अभावको बेला वीरता जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट धेरै विरामीको जीवन बचाउन टेवा पुगेको बताए ।

हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले वीरता जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको बताए ।

त्यस्तै विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले रगत अभावका बेला मानवताको सेवाका लागि वीरता जेसीजले उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७२औं पटक र वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाईंले ७० औं पटक रक्तदान गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

 

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापा ,वीरता जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका गोवेन धिमाल , रोट्रयाक क्लव अफ विर्तामोडका प्रेसिडेन्ट प्रभास थापामगर , समाजसेवी विवेककेशरी प्रसाईंलगायतको आतिथ्य रहेको थियो ।

कोरोना त्रासको बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा र भौतिक दूरी अपनाएर गरिएको कार्यक्रममा रक्तदान गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here