बलात्कार आरोपमा प्रिन्सिपल पक्राउ

0
1116

फिदिम ।

पाँचथरमा बलात्कार आरोपमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा फिदिममा सञ्चालित निलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा (लिम्बू) पक्राउ परेका हुन् ।

पीडित छात्राका बुवाले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछि सुब्बालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नीरिक्षक रोमनराज अर्यालले जनकारी दिए। छात्राका बुवाका अनुसार कोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि छोरी घरमै बसिरहेकि थिइन्।

करिब १५ दिन अघि प्रिन्सिपल सुब्बाले फोन गरेर विद्यालयले ट्युसन कक्षा सञ्चालन गरिरहेकाले छोरीलाई पठाईदिन भनेपछि ती छात्रा विद्यालय आएकी थिइन् । विद्यालयको होस्टेलमा बस्दै आएकी छात्रालाई सुब्बाले शनिबार राती जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रिन्सिपल सुब्बाले छात्रालाई होस्टलमा बन्दक जस्तै बनाएर अनैतिक काम गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here