आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

0
915

इलाम ।

इलाममा आमालाई करणी गरि फरार रहेका युवा पक्राउ परेका छन् ।

गत भदौ ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी गरेर भागेका २३ वर्षीय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफ्नै आमालाई करणी गरेपछि उनी विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here