‘ग्रामीण भेगका पालिका सुतेर बसे’

२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित

झापा ।

शिक्षा पत्रकार समूह प्रदेश १की संयोजक राधा खनालले ग्रामीण क्षेत्रका पालिकाहरु सुतेर बसेको गम्भीर आरोप लगाएकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिका बमोजिम बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि पालिकाले पहल गर्नु पर्ने भए पनि ग्रामीण क्षेत्रका पालिकाहरुले केही गर्न नसकेको उनले आरोप लगाइन् ।

कोरोना महामारीको बढ्दो संक्रमणका कारण विद्यालय सञ्चालनमा कठिनाइ छ– संयोजक खनालले भनिन्– आफ्ना पालिकाभित्रका बिद्यार्थीको शिक्षण सिकाइका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने भए पनि झापाका केही स्थानीय तह बाहेक अधिकांश पालिकाले बिद्यार्थीका लागि कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् ।

जिल्लामा रहेका १० वटा विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन गराइरहे पनि अरु विद्यालय सुतेर बसे सरह नै छन् । अंग्रेजी माध्यमबाट पठन– पाठन हुँदै आएका विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका धेरै विद्यालयका प्रधानाध्यापकलाई नै थाह छैन आफ्नो विद्यालयमा कार्यरत शिक्षकहरु के गर्दैछन्, विद्यार्थीको त झन परैको कुरा ।

ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी अहिले माछा मारेर दिन बिताइरहेका छन् । उनीहरुले पढ्न बिर्सिसकेको अवस्था छ– संयोजक खनालले भनिन् – विद्यालयले पनि शिक्षकलाई समुदायमा स्रोतकर्ताको रुपमा पठाउनुपर्छ ।
झापाका केही विद्यालयले शिक्षकलाई बैकल्पिक विधिबाट पठनपाठनका लागि तालिम दिए पनि शिक्षकमा सिकाइप्रतिको उत्प्रेरणा कमजोर हुँदा समस्या देखिएको मैले पाएकी छु– संयोजक खनालले भनिन्– चन्द्रगढीको वीरेन्द्र माविकै कुरा गर्ने हो भने त्यहाँ शिक्षकलाई सिकाउन नै सकस देखिएको छ ।

जिल्लाका केही नमूना विद्यालय र केही गर्नु पर्छ भन्ने विद्यालयले यो समयमा सिकाइलाई प्रभावकारी बनाउन नयाँ–नयाँ काम गरिरहेका छन्– खनालले भनिन्– बिर्तामोडको देवी, मोहनमाया, अर्जुनधाराको लक्ष्मी, मेचीनगरको धुलावारी मावि, चन्द्रगढीको बीरेन्द्र जस्ता विद्यालयले शिक्षकलाई वैकल्पिक विधिबाट पठन–पाठनका लागि दक्ष बनाई रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here