बलेवा ।

चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गए राति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङ उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ ।
युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।






























