खनाललाई नेपाल शिक्षक संघ अर्जुनधाराको सम्मान

२५ भाद्र २०७७, बिहीबार १६:२४ मा प्रकाशित
  • 94
  •  
  •  
  •  
  •  
  •  
  •  
    94
    Shares

तुलसीप्रसाद निरौला ,विर्तामोड  । नेपाल शिक्षक संघ अर्जुनधाराले एक कार्यक्रमका वीच नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर सचिव पदम खनाललाई सम्मान गरेको छ ।

Advertisement

 

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा नेपाल शिक्षक संघ अर्जुनधाराले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरी खनाललाई सम्मान गरेको हो । ।

नेपाल शिक्षक संघ अर्जुनधाराकी अध्यक्ष सुजाता शिवाकोटीको अध्यक्षता तथा नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ अर्जुनधाराका अर्थ सचिव रञ्जित परियारले स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षण जीवनबाट अनिवार्य अवकाश पाएका नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर सचिव पदम खनाललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ जिल्ला सचिव तोया दाहाल, संघीय प्रतिनिधि रुपक दाहाल, नेपाल शिक्षक संघ अर्जुनधाराका सल्लाहकारहरु हस्तबहादुर परियार, सरस्वती सिटौला, कृष्ण पौडेल, महिला संघकी लिलादेबी कटुवाल, नेपाल शिक्षक संघ अर्जुनधाराल महासंघकी सचिब गङ्गा पोख्रेल लगायतले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालको राजनीति परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ अर्जुनधाराका सचिव टंक न्यौपानेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here