हामीले नानीहरुको पढाइ व्यर्थैमा वर्वाद पार्दैछौं !

२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

‘ए छोरा !’
‘हजुर बुबा ।’
‘यो पैसाले पसलबाट एकखिली चुरोट किनेर ल्या त छोरा ।’
पैसा लिएर ७ वर्षको छोरो मास्क नलगाइकन कुद्दै पसलबाट बाबुका लागि चुरोट किनेर ल्याइदिन्छ । आमा चाहिँ पनि भन्छिन्– ‘छोरा जा जा पसलबाट एक पोका दूध किनेर ल्या । यी यो पैसा लिएर जा । घुर्ता पैसा आउँछ नि है ।’ ‘हस् आमा’ भन्दै बिना मास्क पसलतिर दौडन्छ छोरो ।

‘काला पानी जाउँन साथी माछी मार्न’ गीत घन्काउँदै एउट भ्यान माछा बेच्न टोल–टोलमा आइपुग्छ । बाबु चाहिँ भन्छन्– ‘छोरा आज माछा खानु पर्छ ।’ छोरा रमाउँदै माछा थाप्ने भाँडा बोकेर बाबुको पछि लाग्छ । छोरा भाँडोमा माछा थापेर घरमा लिएर आउँछ । बाबु माछा काटकुट पार्छन् र माछाको खान नमिल्ने कसरमसर फाल्न चाहिँ छोरालाई लगाउँछन् ।
आमा भन्छिन्– ‘ए हे मिट मसला सकिएर । ए छोरा जा जा पसलबाट एक प्याकेट मिट मसला लिएर आ झट्ट ।’ छोरा बाटामा हिँडने मान्छेहरुका बीचबीचबाट कुद्दै पसलबाट मिट मसला लिएर आउँछ । ‘ए बुढी रक्सी बिना के माछा ख्वाई हुँन्छ र ? छोरालाई एक क्वाटर किन्न पठाउन है’ भन्दै रक्सीको ब्राण्ड पनि तोकिदिन्छ । सानो छोरा दगुर्दै गएर पसलबाट रक्सी लिएर आउँछ ।

बिहानी पख आमा भन्छिन्– ‘ए छोरा जा जा पसलबाट एक प्याकेट दूध किनेर ल्या त ।’ छोराले दूध किनेर ल्याउँछ । ‘ए हे चियासँग यस्सो बिस्कुट खान पाए हुने ।’ छोरो बिस्कुट पनि किनेर ल्याउँछ । ‘छोरा जा त पल्लो घरमा आन्टीलाई दिउँसो बजार जाने कि नजाने भनेर सोधेर आ त, मम्मीेले भन्नुभाको भन्नु ल ।’ छोरा कुद्दै पल्लो घर पुगेर भन्छ– ‘आन्टी आन्टी ! हाम्रो मम्मीले हजुरलाई सोधेर आउनु भन्नु भको कि, दिउँसो बजार जानु हुन्छ रे कि नाई ?’ बजार भनेपछि छोरो पनि हुरुक्कै । बजारको भिडभाडमा छोरा मास्क बिना नै घुलमिल हुन्छ ।

बेलुकीपख, बाबु चाहिँ छोरालाई भन्छन्– ‘जा जा पल्लो घरको अंकललाई मागेर ल्या त अस्ति लगेको पैसा । अर्काको पैसा लगेपछि दिनुपर्छ कि पर्दैन रे ? भनेर मागेर ल्या त ।’ ‘आमा म एकछिन् साइकल कुदाएर आउँछु ल ।’ ‘हुन्छ हुन्छ तर होस गरेर कुदा है ।’ ‘ओ के आमा’ भन्दै छोरा साइकल लिएर टोलको बाटातिर लाग्छ । बाटामा उसका साथीहरुले पनि साइकल कुदाउन माग्छन् । साइकल कुदाइसकेर छोरा घर के आइपुगेको हुन्छ उसले काम पाइहाल्छ । ‘ए छोरा पसलबाट सलाई किनेर ल्या त ।’ आमाको आज्ञा शिरोपर गर्दछ छोरा ।

एकपल, ‘ल यताबाट हान्न हौ । हि इज् कमिङ्ग बाइ द साइड अप्m दि बिल्डिङ्ग । सुट हिम । सुट हिम । थुुक्क । सिठ् । मेरो ट्याब नै ह्याङ्ग भयो ।’ भन्दै पबजी खेलिरहेको छोराले ट्याब झ्याम्मै भुँइमा हानेर झरामझिरिम पार्छ र खुट्टा बजार्दै घर बाहिर निस्किन्छ । बाटामा पुगेर साथीहरुसँग क्रिकेट खेल्न थाल्छ । बाटामा मानिसहरु हिँडिरहन्छन् । अटो, मोटरसाइल, ट््याक्टर, मोटर आइरहन्छन् । कुकुरहरु पनि दोहोरीलत्ता कुदिरहन्छन् । गाईवस्तु बाख्रा चरिरहेका छन् । कुखुराहरु पनि चारो खोज्दै छन् । क्रिकेट खेल्ने नानीहरु कैयौंपटक लड्छन् धुलामा । मानिसहरुसँग ठोक्किन्छन् । मुखमा एउटो मास्क छैन । खेलिसकेर हात मुख धुने हैनन् ।

घरमा आइपुगेर छोरो भन्छ– ‘बुबा ! आमा ! म त मामा घर जान्छु ।’ अटो चढेर मामा घर पुग्छ । मामा घर पुगेर पनि के धर पाउँथ्यो उसले । मामा र माइजुले पसल जाने काम जति सबै भान्जालाई अह्राउँछन् । अनि मामाका छोरा–छोरी र टोलका नानीहरुसँग उसैगरी खेलेर दिन बिताउँछ । अर्को महिना सार्वजनिक बस चढेर काकाको घरमा पुग्छ । त्यहाँ पनि उही अवस्था हुन्छ उसको । काकाको घरमा बस्न अघाएपछि ऊ सार्वजनिक सवारी साधन चढेर पुनः घर आइपुग्छ । अनि दैनिकी उही हुन्छ ।

उनीहरुको छोरा जतिसुकै बेला पनि कोरोना भाइरस संक्रमणका दृष्टिकोणले असुरक्षित नै रहेको हुन्छ । उसले न त कहिल्यै मास्क लगाएको हुन्छ । न त सामाजिक दूरी कायम गरेको हुन्छ । ऊ जतिबेलै पनि कोरोनाको खतरामा हुन्छ, तर पनि ऊ कहिल्यै कोरोना भाइरसबाट संक्रमित भएन । ऊ मात्र होइन ऊ जस्ता लाखौँ करोडौँ नानीहरु कोरोना मुक्त नै छन् ।
नानीहरु जहिल्यै पनि हाम्रो स्कुल कहिले लाग्छ ? भनेर सोधि नै रहेका हुन्छन् किनकि, उनीहरुलाई अनलाईन पढाइ कति पनि मन परेको छैन । ट्यूसन पनि मन परेको छैन । घरमा आपैmमात्र पढ्न झन् मन परेको छैन । ‘घरमा आपैm पढन है बाबु’ भन्ने सल्लाह सबैभन्दा मन नपर्ने सम्वाद भएको छ । उनीहरुलाई स्कुलमा जस्तो सहज, सरल र रमाइलो कहीँ पनि लाग्दैन । भनाइ नै छ नि, विद्यार्थी जीवन स्वर्णीम काल हो । नानीहरु अर्र्को प्रश्न पनि गरिरहन्छन्– ‘खोइ त हामीलाई कोरोना लागेको ?’

यति हुँदाहुँदै पनि हामीले नानीहरुलाई विद्यालय गएर पढ्नबाट किन वञ्चित बनायौँ ? जब नानीहरु असुरक्षित तरिकाले पसल जान्छन्, बजारको भिडमा जान्छन्, अरुको घर जान्छन्, खेल्छन्, सार्वजनिक सवारी चढ्छन् । मास्क बिना जताततै पुग्छन् । तर, पनि नानीहरु सुरक्षित नै छन् भने हामीले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नानीहरुलाई स्कुलमा पढ्न दिन किन सकेनौ ? हामी अभिभावक, विद्यालय सञ्चालक, गुरु, गुरुमा, संघ–संगठन र सरकारी सरोकारवालाहरु सबै बेकम्मा कसरी भयौँ ? हामी कसरी भाव शून्य, विवेक शून्य र बुद्धि शून्य भयौँ ? नानीहरुको पढाईमा पुगेका क्षति कसले पुर्ति गर्ने ? अहम् प्रश्न यही छ ।

जोरबिजोर प्रणाली अपनाएर होस् या छात्राहरु एकदिन, छात्रहरु अर्कोदिन गरेर पढाएका भए समस्यै हुने थिएन् । एक विद्यार्थीलाई हप्तामा कम्तिमा तीन दिनमात्र बोलाएर पनि पढाउन सकिने थियो । कक्षामा विद्यार्थीहरु पनि पातला हुने थिए । स्कुल बसमा पनि विद्यार्थीहरु कम हुने थिए । एक सिट एक विद्यार्थी । हप्तामा, ग्याप गर्दै चार दिन पढाए पनि हुने थियो । महिनामा एक हप्ता या चौध दिन बिदा गर्दै पढाए पनि हुने थियो । सरकारले भने जस्तो पाठ्यभार कम गरेर स्कुल लगाएको भए केही बिग्रने थिएन । स्कुल बस कुद्ने समयमा सार्वजनिक गाडीहरु रोकेर सुरक्षित वातावरण तयार गर्न सकिन्थ्यो ।
गुरु, गुरुमाहरु पनि घरमा त्यसै बसेका छैनन् । घरायसी, खेतीपाती, पशुपालन र बजार, दोकान गरिरहेकै छन् । कतिपय स्कुलका गुरु, गुरुमाहरु स्कुल पनि गइ नै रहेका छन् । केही अनलाईन कक्षा पनि सञ्चालन गरी नै गरेका छन् । गुरु, गुरुमाहरुको मुभमेन्ट पहिला जस्तै नै छ । तब हामीले विद्यालय किन सञ्चालन गरिरहेका छैनौ ?

विद्यार्थीहरु घरमा सुरक्षितभन्दा पनि असुरक्षित बढी छन् । कि त उनीहरु मोबाइल, ट्याब र टिभीमा व्यस्त हुन्छन् कि त खेल्न, बाटामा कुद्न, बजार, पसल जान र अरुका घरमा जान व्यस्त हुन्छन् । उनीहरु मास्क पनि प्रायशः लाउँदैनन् । उनीहरुलाई होशियारीपूर्वक सटिक मोडालिटी अपनाएर पढाएको भए उत्तम हुने थियो । यसो गर्दा कसैले विभिन्न आक्षेप पनि खेप्न पर्दैनथ्यो । निजि विद्यालयका गुरु, गुरुमा र कर्मचारीको रोजगारी खोसिदैन थियो । निजी विद्यालय सञ्चालकलाई आर्थिक संकट पनि पर्दैन थियो ।

सरकारले खाली अनलाईन कक्षाको कुरा गरिरहन्छ । नयाँ भै कन पनि अनलाईन विधि पोचो बिधा हो । हाम्रो जस्तो कम विकसित, ग्रामीण जीवनशैली भएको देशमा अनलाईन काम छैन । यसले वर्ग छुट्याउँछ । बरु अफ्लाईन विधि धेरै प्रभावकारी हुन्छ । गुरु–गुरुमाले पढाएको भिडियो विद्यार्थीहरुलाई उपलब्ध गराउने हो भने त्यो निकै लाभप्रद हुन्छ । जान्ने विद्यार्थीहरुलाई प्रोत्साहनसहित परिचालन गरेको भए पनि हुने थियो ।

अझै पनि अवसर आधा बाँकी छ । अबको बाँकी अवधिमा भौतिक दूरी कायम गर्न सकिने मोडालिटी अपनाएर स्कुल लगाएको नै वेश हुन्छ । आफ्नै मौलिक मोडालिटी लागू गरेर अरु देशका लागि समेत उदाहरणीय बन्नु चाहिँ बुद्धिमानी हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here