हुण्डाईको नयाँ मोडल औरा बजारमा

२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,विर्तामोड  । नेपालका लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको नयाँ मोडल औरा नेपालमा सार्वजनिक गरेको छ ।

 

यस नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुविधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ ।

नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जीएम रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाईका लागि अटोमोवाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने बताए । हुण्डाई औराले ग्राहकबाट उल्लेखनीय प्रशंसा पाउनेमा आशावादी भएको उनले बताए ।

गाडीको अग्रभागले युनिक ट्विन बुमरेञ्ज डेटाइम रनिङ लाइट– डीआरएलका साथै प्रिमियम स्टिन फ्रन्ट ग्रीलका साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले समेत छ । कम्पनीले औरामा हुण्डाईको उत्कृष्ट १।२ लिटर कपा ड्यूल भीटीभीटी पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क प्रदान गर्ने छ ।

हुण्डाईको हाई स्ट्रेन्थ स्टील प्रयोग गरेर बनाईको औराको बडी निकै बलियो रहेको छ । सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ क्यामेरा, इमर्जेन्सि स्टप सिंगनल जस्ता फिचर उपलब्ध रहेका छन् ।

हुण्डाई औराले उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस्को ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।
यसको संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसोनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्दछ ।

हुण्डाई औरा एस भेरियन्ट विभिन्न ४ वटा रंगमा उपलब्ध छ भने बजार मूल्य ३३ लाख ९६ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपाली ग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको मेचीका लागी आधिकारिक विक्रेता प्रतिष्ठान मोटर्स प्रालि बिर्तामोडका व्यवस्थापक कमल सिटौलाले बताए । उनले हुण्डाईको नयाँ मोडल औरा प्रतिष्ठान मोटर्स प्रालि बिर्तामोडमा उपलव्ध हुने वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here