अनलाइन कक्षामार्फत क्याम्पसको पठनपाठन

२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

लहान,

कोरोना सङ्क्रमण फैलिन नदिन लामो समयदेखि बन्द रहेको सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसले वैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

 

क्याम्पस प्रमुख रामहित यादवले सूचना जारी गरी अनलाइन कक्षा तयारी गर्नेबारे जानकारी दिनुभएको छ ।
अनलाइन कक्षाका लागि सम्बद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सूचनामार्फत विद्यार्थीसँग आग्रह समेत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डीनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षाहरु २०७८ मङ्सिरदेखि शुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाइन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा उल्लेख छ ।

कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएकाले बन्द भएका विद्यालय तथा क्याम्पसहरु अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । सिरहा क्याम्पसले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गर्न लागेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here