पाँचलाख जनाको दृष्टि आँखा अस्पतालमा आँखाको सफल उपचार: नेपालसहित भारतका ७१ हजार जनाको मोतियाविन्दूको शल्यक्रिया (भिडियो सहित)

0
2192

झापा, आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य उपहार हो । मानव शरीरमा सबै अङ्गको महत्व भए पनि आँखाको महत्व अरूभन्दा बढी भएको दाबी गरिन्छ । मानिसका पाँचवटा इन्द्रियहरु मध्ये आँखा प्रमुख इन्द्रिय हो । आँखाका माध्यमबाट सुन्दर संसार देख्नुका साथै राम्रा नराम्रा कुराहरू पनि छुट्याउन सकिन्छ । आँखाबिना मानिसको जीवन नै निराश र अन्धकारमय हुन्छ । मानिस जतिसुकै राम्रो भए पनि आँखाबिनाको जीवन निरर्थक हुन्छ । सुन्दर आँखाले मानिसको व्यक्तित्व झल्काउनुका साथै अनुहारको सौन्दर्य पनि बढाउँछ । यसका साथै आँखा मनको ऐना पनि हो । मानिसको शरीर स्वस्थ छ भने आँखा पनि स्वस्थ हुन्छ । तर, कहिले काही विभिन्न कारणले आँखामा समस्या आउन सक्छ । यस्तो अवस्थामा आँखासंग सम्वन्धित चिकित्सकलाई आँखा जाँच गराउनु पर्ने हुन्छ ।

आँखाको परीक्षण गर्नु हुँदै डा.शेषकान्त अर्याल । 

झापामा आँखाको उपचारका लागि खुलेका थुप्रै अस्पतालहरु छन् । अस्पतालहरुकै भिडमा रहेको दृष्टि आँखा अस्पताल पनि एक हो ।  ‘सबैका लागि दृष्टि, सधैका लागि दृष्टि’ भन्ने स्लोगन सहित बिर्तामोड नगरपालिका – ३ शैनिकमोडमा २०७० सालबाट सञ्चालनमा आएको दृष्टि आँखा अस्पतालले अहिलेसम्म झण्डै पाँच लाख मानिसलाई सेवा दिएको छ भने ७१ हजारको हाराहारीमा आँखाका विरामीको शल्यक्रिया गरेको आँखा अस्पतालका अध्यक्ष राम उप्रेतीले बताउनुभयो ।

राम उप्रेती – अध्यक्ष, दृष्टि आँखा अस्पताल, झापा

अस्पतालले प्रदान गर्ने विशिष्ठकृत सेवाकै कारण यहाँ उपचारका लागि नेपालका मात्र होइन भारतको पनि विभिन्न ठाउँबाट सेवाग्राहीहरु आउने गरेका छन् । आँखाको उपचारका लागि मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले विगत दुई वर्षदेखि नाक कान र घाँटीको समेत उपचार शुरु गरेपछि सेवाग्राहीरु भारतको कलकत्ताबाट समेत आँखाको उपचारका लागि आउने गरेका छन् ।


आँखा अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा आएको भएपनि सरकारी रेट भन्दा सुलभ मूल्यमा उपचार प्रदान गर्न थालेपछि दैनिक ३५० बढीले सेवा लिँदै आएको अस्पताल प्रशासनले जनाएको छ । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमणका कारण सेवा प्रभावित भएको छ । अहिले पहिलाको तुलनामा १० प्रतिशतले मात्रै आँखाको उपचार गराउने गरेका छन् ।
नेपालका विभिन्न दश ठाउँमा शाखा कार्यालय सञ्चालन गर्दै देश भरनै सेव प्रदान गरिरहेको अस्पतालले गाउँ गाउँमा पुगेर सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै औषधि समेत बितरण गर्ने गरेको छ ।
अस्पताल सञ्चालनको सात वर्षे दौरानमा अस्पतालले ओपीडी सेवासहित विशिष्ठकृत सेवा प्रदान गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा शेषकान्त अर्यालले बताउनुभयो ।

डा.शेषकान्त अर्याल– मेडिकल डाइरेक्टर– दृष्टि आँखा अस्पताल,झापा

आँखा परीक्षणका लागि अस्पतालमा मोतियाविन्दू, चस्माको जाँच, आँखा पाक्ने रोग, विद्यार्थीहरुमा आँखाको सुुक्खापनका विरामी बढी आउने गरेको डा अर्यालको भनाई छ ।
अधिकांशको मानिसको आँखामा जलविन्दू रोगको समस्या हुने गरेको छ । के हो त आँखाको जलविन्दू डा अर्याल –

सर्वसाधारणको सहजताका लागि अस्पतालले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रम समेत लागू गरेको छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका सर्बसाधारणको समेत आँखाको उपचारका लागि पहुँच पुगेको छ । अझ अस्पतालमा आउने विरामीलाई सहज रुपमा सेवा प्रदान गरेका कारण अस्पतालले छुट्टै छवि बनाएको छ । अस्पतालमा अहिले विशिष्ठकृत सेवा प्रदान गर्ने वारिष्ट डा सहित एक सय जनाले रोजगार समेत पाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here