सिम्रिकका शेयर सदस्यलाई उपचार सहयोग

२७ भाद्र २०७७, शनिबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,विर्तामोड ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवाकेन्द्रले ११ जना शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग राहत रकम प्रदान गरेको छ ।

 

संस्थाका शेयर सदस्यको , सदस्यको श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा वा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य उपचार राहत सुविधा नीतिमा उल्लेख भएअनुसार उनीहरुलाई उपचार सहयोग राहत रकम प्रदान गरेको संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले वताए ।

संस्थाका विभागीय प्रमुख प्रेम (विजय) बस्नेत ,बिर्तामोड सेवाकेन्द्रका प्रमुख रमेश खनाललगायतको टोलीले ११ जना शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग रकम प्रदान गरेको हो ।

संस्थाको बिर्तामोड सेवाकेन्द्रले ११ जना शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग राहत रकम वापत एक लाख चार हजार नौ सय ४८ रुपैयाँ प्रदान गरेको बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनालले बताए ।

उनीहरुले संस्थाका शेयर सदस्य र तीनका परिवारहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत रकम प्रदान गरिएको उनले बताए ।

पछिल्लो समय संस्थाले शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग राहत रकम प्रदान गर्ने कार्यलाई तीव्रता दिएको र संस्थाले आइतबारदेखि शुक्रबारसम्म दुई लाख २२ हजार तीन सय ३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरिएको संस्थाका विभागीय प्रमुख प्रेम (विजय) बस्नेतले बताए ।

संस्थाको १७ वटै सेवाकेन्द्रमा यो कार्यलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here