मलाई कोरोना संक्रमण हुँदा समाजले ब्यहोरेको क्षति र राज्यले गरेको लगानी

0
945

रमेश पानी पोख्रेल,

एक जना ब्याक्ति संक्रमित हुँदा समाजले ठुलो मूल्य चुकाउनु पर्ने र राज्यले ठुलो लगानि गर्नु पर्ने रहेछ । कोरोना संक्रमणको पुष्टि भएपछि मेरो परिवार ,मेरो नियमित संपर्कमा रहेका नजिकका छिमेकि र मैले काम गर्ने कार्यालयका कर्मचारी एकै पटक आईसोलेट भए ।

उनीहरुले आफ्नो नियमित काम बन्द गरेर कोठामा थुनिनु पर्यो । ठुलो मानसिक र साजाजिक दवाब झेल्नु पर्यो।बक्लो आवासिय क्षेत्रमा बसोबास गर्ने भएकाले आसपासका ठुलो सङ्ख्याका छरछिमेकमा भयको वातावरण सृजना भयो । स्थानिय बजार शिल भयो ।

आईसोलेसन डायरी

उध्योग, व्यापार ,व्यवसाय ,कार्यालय सबै बन्द भए । उनिहरुले आर्थिक क्षति ब्यहोर्नु पर्यो। मलाई सेवा दिने किराना पसल ,सब्जि मण्डि , दुधडेरि ,औषधि पसल र मसँग हाई हल्लो गर्ने साथीभाई सबैलाई संक्रमणको डर भयो । मैले काम गर्ने अफिस बन्द हुँदा सेवाग्रहिहरु सेवाबाट बन्चित भए । उनीहरुमा सेवालिने क्रममा संक्रमण सर्योकि भन्ने चिन्ता भयो । यस्ले समाजमा ठुलो आर्थीक क्षति र मानसिक कोलाहल सृजना गर्यो। बिमारि हुदा समेत प्रियजनबाट टाढा बस्नु पर्यो।बाटो हिड्ने बटुवा समेत मुखछोपेर छिटो छिटो घर कट्ने घरतिर फर्केर बोल्दा पनि संक्रमण सरि हाल्छ कि भनेर डराउनु पर्ने स्थिति बन्यो। मेरो सबै भन्दा नजिकका ब्याक्ति र कर्मचारीहरुको कोरोना परिक्षणको रिपोर्ट नआउदा सम्म यस्तो वातावरण रहिरहयो ।

मलाई संक्रमण पुष्टि भएको तीन दिन पछि नगरपालिकाले मेरो परिवारका सत्तरी बर्ष नाघेका वुबा आमा सहित सात जना, गर्भवति महिला र बालबालिका सहित नजिकका छरछिमेकि आठ जना र म कार्यरत कर्यालयका छ जना कर्मचारी गरि जम्मा २१ जनाको कन्ट्रयाक ट्रेसिङ गर्यो । उनिहरुको स्वाब संकलन भएको चौथो/पाँचौ दिन तथा ,म संक्रमण पुष्टि भएको एक साता पछि बल्ल सबैको रिपोर्ट नेगेटिभ आयो । मलाई संक्रमणको लक्षण देखिएको ११ दिन बिति सकेको र लक्षणबाट मुक्त भइसकेको थिएँ । मेरो कन्ट्याकमा रहेका सबैको रिपोर्ट पनि नेगेटिभ आए पछि बल्ल शान्तिको सास फेर्न पाँए । स्वाब दिएपछि तत्काल त्यसको नतिजा नआउने लामो समय कुर्नु पर्नाले संक्रमणको जोखिम झन बढेको छ भने लामो समय सम्म त्रास बढाएको छ ।

एक ब्याक्ति कोरोना बाट संक्रमित हुँदा राज्यले ठुलो धनराशि र जनशक्ति लगानि गर्नु पर्ने रहेछ । मलाई संक्रमण भएको खवर प्रहरीबाट आयो । संक्रमित ब्याक्ति नभागोस भनेर लगत्तै मेरो निवास क्षेत्रमा प्रहरी परिचालन भयो । नगरपालिकाको बैठक बसेर नगर को निस्चित क्षेत्र शिल गर्ने निर्णय भयो । बजार बन्द गर्न भन्दै माईकि सुरुभयो । म काम गर्ने कार्यालय शिल भयो ।

नजिकको कन्ट्यामा रहेकाहरुको पहिचान र खोजी सुरु भयो ।यश क्रममा ठुलो जनशक्ति स्रोत र साधन परिचालन भयो । मेरो नजिकका २१ जनाको ट्रेसिङग, स्वाब संकलन र परिक्षणमा प्रति ब्याक्ति लगभग ३४ सयका दरले ७१४०० खर्च भयो । आइसोलेसनमा बस्दा खाना ,खाजा ,इन्टरनेट,एम्बुलेन्स, बिजुलि ,पानी सरसफाई लगायतमा नगरपालीकाले लगानी गर्यो । आईसोलेसन सेन्टरको रेखदेख गर्न चौबिसै घण्टा प्रहरी परिचालन गरियो ।आईसोलेसन सेन्टरको ब्यवस्थापनमा थप लगानी भयो ।

थोरै साबधानी र सजगता आपनाउन सके अरुलाई संक्रमण सर्नबाट बचाउन सकिने रहेछ।मलाई संक्रमणको शंका लाग्ने बित्तिकै परिवार बाट अलग्गै बसेँ कसैलाई छेउमा आँउन दिइन त्यसैले मेरो आसपासका कसैलाई पनि संक्रमण भएन।
मसँगै आईसोलेसन सेन्टरमा बसेका एक जनाको कन्ट्याकमा रहेका परिवारका सबै ११ जना सदस्यको कन्ट्याकट्रेसिङ को रिपोर्ट पोजेटिभ आयो भने अन्यको पनि केही केस पोजेटिभ देखियो ।

उनीहरुको घर क्षेत्र आसपास फेरी पनि बजार शिल ,आईसोलेसन,कन्ट्याक ट्रेसिङ्गको दुष्चक्र चलिरहेको छ । परिवार ,समाज र राज्य त्यहि दुष्चक्रमा रुमलि रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here