मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

२७ भाद्र २०७७, शनिबार मा प्रकाशित

सुनसरी।

सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्रलक्ष्मी शाक्यलाई ठक्कर दिँदा घाईते भएकी उनीलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा शुक्रबार मत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here