लागूऔषध कोरोबार विरुद्ध बिर्तामोड प्रहरीको सक्रियता : एग्रोभेट सञ्चालक पक्राउ

२७ भाद्र २०७७, शनिबार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोडबाट प्रहरीले लागू औषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड –३ का गोपाल गौतम रहेका छन् । गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेटमा लागूऔषध ब्राउन सुगरको कारोवार हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा २२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

एग्रोभेटबाट समेत लागूऔषधको कारोबार भएसंगै अन्य क्षेत्रमा समेत निगरानी बढाएको डीएसपी रिजालको भनाई छ । पूर्वकै ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडमा विभिन्न स्थानबाट लागूऔषध प्रयोग कर्ता आउने र यहाँबाट कारोबार हुने जानकारी पाएसंगै प्रहरीले निगरानी बढाएको हो ।

प्रहरीले शंकास्पद ब्यक्तिलाई निगरानीमा राखेर उसको गतिविधि नियाल्ने कामलाई समेत तिब्रता दिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषधको कारोबार तथा शंकास्पद गतिविधि भएको थाहा पाए तत्काल जानकारी गराउन आग्रह समेत गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here