कोभिड–१९ संक्रामक रोगका कारण अवरुद्ध रहेको विद्यालयको नियमित पठनपाठन सुचारु गर्न शैक्षिक सत्रको अवधिलाई राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धिहरु हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गरी सिकाइमा सहजीकरण गर्न दूर तथा खुला शिक्षा लगायतका प्रणालीलाई तत्काल उपयोग गरी शिक्षण सिकाइ कार्यलाई निरन्तर प्रभावकारी र व्यवस्थित गर्न शिक्षा ऐन २०२८ को दफा १९ क. ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ जारी गरेको छ ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७७÷०५÷१९ को मन्त्रीस्तरीय निर्णय अनुसार स्वीकृत भएको यो निर्देशिका सोही मितिदेखि लागू भइसकेको छ । यस अनुसार आगामी असोज १ गतेदेखि विगत पाँच महिनादेखि कोभिड–१९ का कारण अवरुद्ध भएको सिकाइ प्रक्रिया विद्यालयहरुले नियमित रुपमा सञ्चालन गर्ने भएका छन् । विद्यार्थीहरु पनि यो प्रक्रियाको मूलधारमा आउने भएका छन् ।
यसअघि पटक–पटक सरोकारवालालाई सिकाइलाई समयसापेक्ष ढंगले अघि बढाउन चौतर्फी दवाव परे पनि निर्देशिका जारी भएर कार्यान्वयनमा आउन सकेको थिएन । जारी निर्देशिकाले सिकाइलाई वैकल्पिक माध्यमबाट अघि बढाउन शिक्षक, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह, प्रदेश सरकार तथा आम सरोकारवालालाई जिम्मेवार बनाउने प्रयास गरेको छ । यो कार्यान्वयनमा आएपछि शैक्षिक सत्र र पाठ्यक्रम छोटिएर भए पनि सिकारुको सिकाइ निरन्तरता पाउने छ भने शैक्षिकसत्र पनि खेर नजाने भएको छ ।
कोभिड–१९ का कारणले विश्वभर फैलिएको माहामारीले पठनपाठन अवरुद्ध भएको छ । शिक्षण संस्थाहरु ठप्प प्रायः छन् । यस्तो परिवेशमा रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना कार्य, स्वअध्ययन, तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धति, साक्षात्कार माध्यमबाट अध्ययन अध्यापन सुचारु गर्न यस निर्देशिकाले बाटो खुल्ला गरेको छ । यस विधिबाट शिक्षण सिकाइलाई निरन्तरता दिन स्थानीय तह र विद्यालयले महत्वपूर्ण भूमिका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । लामो समयसम्म अध्ययन अध्यापन अवरुद्ध हुँदा सिकाइको लिङ्क नै टुटेको छ । यस अवस्थामा विद्यालय र स्थानीय तहले निकै ठूलो मेहनत गर्नुपर्ने देखिन्छ ।
यसको निम्ती विद्यालय तथा स्थानीय तहले स्रोतसाधनमा पहँुचको आधारमा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीको समूह, रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थीको समूह, कम्प्युटर भएको तर अनलाईन कनेक्टीभिटी नभएका विद्यार्थीको समूह, र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीको समूह गरी पाँच समूहमा वर्गीकृत गर्नुपर्नेछ । यी सबै विकल्पमा जान नसक्ने अवस्थामा रहेका विद्यार्थीको निम्ति सिकाइ सहजीकरणका लागि शिक्षक विद्यार्थीको घरसम्म पुग्नुपर्ने वा प्रत्यक्ष भेटघाटको माध्यमलाई अपनाउनुपर्ने देखिन्छ ।
सिकाइ सहजीकरण अनुसार काम गर्नको लािग सबैभन्दा पहिले विद्यालयको कार्ययोजना महत्वपूर्ण देखिएको छ । समूहगत विद्यार्थी पहिचान तथा वर्गीकरण गर्ने प्रयोजनका लागि विद्यालयले चालू शैक्षिक सत्रमा विद्यार्थीको अभिलेख तयार गरी सो अभिलेख बमोजिम विद्यार्थीको नामनामेसी, आमाबाबुको नाम, ठेगाना सम्पर्क नं., विद्यार्थीको समूहकृत वर्ग र स्रोतसाधनको पहुँचको अवस्थाको विवरण स्थानीय तहलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । विद्यालयको विद्यार्थी वर्गीकरण तथा कार्ययोजनाको विवरण प्राप्त गरेपछि स्थानीय तहले आफ्नो क्षेत्रभित्र विद्यालयगत, क्षेत्रगत, वडागत, समुदायगत वा कक्षागत रुपमा सहज र प्रभावकारी रुपमा सिकाइ सहजीकरण सञ्चालन हुने गरी कार्ययोजना स्वीकृत गरेर कार्यान्वयनमा ल्याउने छ । यसपछि स्थानीय तहको प्राप्त निर्देशन अनुसार प्रधानाध्यापकले कक्षा, विषय वा स्थानका आधारमा समूहकृत गरी विद्यार्थीको सहजीकरणका लागि विद्यालयले समूहगत रुपमा शिक्षकलाई जिम्मेवारी तोक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
निर्देशिकाले केन्द्र, पाठ्यक्रम विकास केन्द्र, प्रदेश, स्थानीय तह, सञ्चार क्षेत्र, प्रकाशन तथा प्रशारण संस्था, निजी क्षेत्र, विद्यालय तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको भूमिकालाई अलग–अलग किसिमले निर्देशिकामा ब्याख्या गरेको छ । यी भूमिका अत्यन्त महत्पूर्ण छन् । तर, यी भूमिकाको कार्यान्वयन, अनुगमन त्यस सम्बन्धी प्रक्रियामा जान धेरै समय लाग्ने देखिन्छ । यद्यपि सबै क्षेत्रको भूमिकालई कसरी छोटो समयमा समन्वय गरी सिकाइलाई सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।
सिकाइ सहजीकरणमा शिक्षकको भूमिकालाई निर्देशिकाले आफ्नो बसोबास क्षेत्रमा रहेका विद्यार्थीहरुको पहिचान गरी सो विवरण विद्यालय र स्थानीय तहलाई बुझाउने, समुदायमा स्रोत शिक्षक वा सहजकर्ताको रुपमा काम गर्न नजिकैको विद्यालयमा सम्पर्क राख्ने, नयाँ तथा पुराना पाठ्यपुस्तकको प्रयोग गरेर पढ्ने वा सिक्ने, सिकाउने कुरामा सहजीकरण गर्ने, आफ्नो बसोबास नजिक रहेका विद्यालयलाई आवश्यकता अनुसार सहयोग गर्ने, विद्यार्थीलाई सर्वव्यापीरुपमा प्रयोग भएका अनलाईन पद्धति तथा अन्य शिक्षण सिकाइका साधनहरुलाई प्रयोग गर्न प्रोत्साहन गर्ने, गराउने, विद्यालयको वार्षिक कार्ययोजनाका आधारमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, सिकाइ सहजीकरण कार्यक्रममा विद्यार्थीहरुको प्रभावकारी संलग्नता सुनिश्चित गर्ने, शैक्षिकसत्रको अवधिलाई ध्यानमा राखी पाठ्यक्रम कार्यान्वयन गर्न सिकाइ क्रियाकलाप सम्बन्धी उपयुक्त ढाँचा, तरिका वा शिक्षण विधिहरु अवलम्वन गर्ने जस्ता भूमिका तोकेको देखिन्छ ।
कतिपय भूमिका शिक्षकले पूरा गर्न सक्ने हुन् वा होइनन् भन्ने विषयमा प्रशस्त चुनौति रहेका छन् । प्रविधिकै कुरा गर्दा पाँच महिनाअघिसम्म कुनै पनि किसिमको किसिमको प्रविधिसँग नजोडिएका शिक्षक विद्यार्थी दुबैलाई समस्या उत्पन्न हुन सक्छ । सहजीकरण प्रक्रिया मात्र भएको र भौतिकरुपमा विद्यालयमा विद्यार्थीलाई उपस्थित गराउन नसकिने वातावरण भएकोले नै यो प्रक्रिया अपनाइएको हो । तसर्थ, निर्देशिकामा भएका प्रक्रियामा हँुबहू कतिसम्म जान सकिन्छ भन्ने कुरामा विद्यालय आफंैले कार्ययोजना बनाउने, तर विद्यार्थीसम्म चाहिँ विषय शिक्षक जसरी पनि उपस्थित हुने वातावरण मिलाउन निर्देशिका बाधक बन्नु हँुदैन । स
मय परिस्थिति, शिक्षणमा प्रविधिको पहँुचको आधारलाई हेर्ने हो भने अनलाइन पद्धति तुरन्तै प्रयोग गर्न नसकिए पनि अन्य विकल्पलाई विद्यार्थीसम्म पुर्याउनुको विकल्प नै छैन । यसका लािग विद्यालयले निर्देशिकालाई आत्मसात गर्दै आ–आफ्नो तरिकाले प्रत्यक्ष साक्षात्कार माध्यमबाट शिक्षण सिकाइलाई अघि बढाउनुपर्छ ।


























