तास खेलिरहेको अवस्थामा लाखौं रुपैंयासहित पाँच भुटानी शरणार्थी पक्राउ

२८ भाद्र २०७७, आईतवार मा प्रकाशित

झापा ।

झापाको दमक स्थित बेलडाँगी शिविरका पाँच जना भुटानी शरणार्थीहरुलाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

दमक–३ स्थित बेलडागी शिविर हट न २४५ सेक्टर न.ए फोरका मनु गुरुङको खाली घरमा तास खेलिरहेका पाँच जना शरणार्थीहरुलाई एक लाख ५७ हजार रुपैयाँसहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सेक्टर न.ए फोर हर्ट न.२३२ बस्ने ३८ वर्षीय प्रकाश राई, सेक्टर न.बी थ्री, हर्ट न.३०५ बस्ने ३६ वर्षीय नरेश दाहाल, सेक्टर न.बी फोर, हर्ट न.३६६ बस्ने ३६ वर्षीय कुमार तामाङ, सेक्टर न.ईटु हर्ट न.१०५ बस्ने बर्ष बिर्खमान राई र सेक्टर न.विटु हर्ट न.१९८ बस्ने २४ वर्षीय शन्तबीर तामाङ छन् ।

उक्त सेक्टरका घरधनि गुरुङ काठमाडौँ बस्दै आएकोले खाली रहेको घरलाई उनीहरुले जुवाखाल बनाएको सूचना प्राप्त भए लगत्तै प्रहरीले छापामारेको हो । उक्त क्रममा तास र नगदसहित पाचैं जनालार्इ पक्राउ गरी कानुनी कारवाही चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here