रियाले कुनै पनि फिल्मकर्मीको नाम नलिएको एनसीबीको दावी

२९ भाद्र २०७७, सोमबार मा प्रकाशित

ड्रग्स मामिलामा प्रहरीको अनुसन्धानमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले सोधपुछका क्रममा बलिउडका ए ग्रेड फिल्म कर्मीको नाम लिएको खबर बाहिरिएको थियो । यसले बलिउड मिडिया मात्र नभएर बलिउडमा चासो राख्ने सबैलाई चकित पारेको थियो ।

समाचारहरूमा सुशान्त मृत्यु प्रकरणमा ड्रग्सको मामिलामा फसेकी अभिनेत्री रिया चक्रवर्तीले एनसीबीको बयानमा जम्मा २५ बलिउडका ए-लिस्ट कलाकारको नाम लिएको बताइएको थियो । जसमध्ये सारा अली खान, रकुल प्रित, कास्टिङ डिरेक्टर मुकेष छाब्रा र ड्रेस डिजाइनर साइमन खम्बट्टाको नाम नै सार्वजनिक गरिएको थियो । तर यति बेला रियाले यी कलाकारको नाम नलिएको र एनसीबीमा उनीहरूको नाम नभएको खबर बाहिरिएको छ । सरकारी स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले यो कुरा उल्लेख गरेका छन् ।

सरकारको नजिक रहेको एक स्रोतले यी नामहरू कहाँबाट लिक भएको भन्ने कुनै आधिकारिक सूचना नभएको र एनसीबीले नाम सार्वजनिक गर्न कडा रूपमा निषेध गरेको समेत बताएका छन् । उनका अनुसार चक्रवर्तीले उल्लेख गरेको भनेर आएका नामहरू सबै झुटा हुन् । रियाले कसैको पनि नाम नलिएको उनले दाबी गरेका छन् । यसले गर्दा नाम बाहिरिएका कलाकारहरूको परिवारमा तनाव उत्पन्न भइरहेको बताइएको छ । यसबारे प्रस्ट पार्दै एनसीबीका उप(निर्देशक केपीएस मल्होत्रा भन्छन्- ुहामीले कुनै बलिउड सूची तयार गरेका छैनौँ । हामीले तयार गरेको सूची भनेको ड्रग्स बेचबिखनकर्ता र पेडलरहरुको मात्रै हो । यसले बलिउडभित्र भ्रम सिर्जना गरिरहेको छ ।ु

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here