‘कोरोना संक्रमित सुत्केरीले शिशुलाई स्तनपान गराउँदा खतरा हुन्न’ डा. बालकृष्ण शाह

0
706

विनोेद सापकोटा
झापा,

सुत्केरी हुन नोबेल अस्पताल विराटनगरमा पुगेकी झापाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी ५ सालमाराकी २३ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


उनी ६ दिनअघि सुत्केरी गराउन नोबेल अस्पताल बिराटनगर गएकी थिइन् । कोरोनाको संक्रमण देखिए पनि उनले स्वस्थ शिशुलाई जन्म दिएकी शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीले जानकारी दिए । उनका अनुसार आमा र शिशु दुबैको स्वास्थ्य सामान्य छ । उनिहरु सालमारा स्थीत आफ्नै घरको आईसोलेसनमा बसेको ठकुरीले जानकारी दिए ।
ती महिला २१ गते दमकको ओम मेची अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएकी थिइन ्। स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालले उनलाई २७ गते बोलाएको थियो । तर, शरीरमा रक्तचाप बढेपछि उनले ओम मेचीको कललाई छोडेर श्रीमान्को सहयोगमा बिराटनगरको नोवेल अस्पतालमा २४ गते भर्ना हुन गईन् । त्यो बेला उनलाई प्रसव पिडाले छोइसकेको थियो । अस्पतलाले उनलाई २५ भदौमा सुरक्षीत सुत्केरी गरायो ।
नोवेल अस्पतालले ती सुत्केरी महिलाको २६ गते स्वाव संकलन गर्यो । २७ गते उनको पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आयो । नोवेल अस्पतालले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य विल्कुल सामान्य रहेको ठानेपछि २८ गते घर पठायो । अस्पताल रहुञ्जेल आमा र उनले जन्माएको नवजात शिशु एउटै बेडमा थिए ।


जनस्वास्थ्य बिज्ञ डाक्टर वालकृष्ण शाहका अनुसार सुत्केरी आमाको पीसीआर पोजेटिभ भएपनि नवजात शिशु काखमा लिन र स्तनपान गराउँदा कुनै समस्या हुदैन । उनले भने, ‘कोरोना संक्रमित आमाले स्तनपान गराउँदा नवजात शिशुलाइ सामान्यतया पातलो दिसा जाने बाहेक अन्य ठुलो असर गर्दैन ।’
विश्व स्वास्थ्य संगठनले आमामा कोरोना पुष्टि भएपनि स्तनपान गराउँदा नवजात शिशुमा आमाको संक्रमण सर्ने सम्भावना ज्यादै कम भएको बताउदंै आएको छ । डाक्टर शाहले भने, ‘संक्रमण सर्ने भयले स्तनपान नगराएका कारण बरु शिशुको ज्यान जोखिममा हुन्छ ।’ आमा र परिवारका सदस्यले सुत्केरी महिलालाई हौसला प्रदान गरेर नवजात शिशु संगै राखेर स्तनपान गराउँदा आमा र शिशुको स्वास्थ्यमा जोखिम हुदैन,’ उनले भने ।
संक्रमित सुत्केरी आमाले माक्स अनिवार्य, तातोपानी नियमित पिउने र पोसिलो खानेकुरा खाए कोरोना जित्न सकिने चिकित्सकले बताएका छन् ।
नेपालमा झापा लगायत सुनसरी, चितवन, नेपालगञ्ज, काभे्रपलाञ्चोक लगायतका जिल्लामा सुत्केरी आमालाई कोरोना पुष्टी भएपनि उनले जन्माएको सिसुको नेगेटिभ रिपोर्ट आएको उदाहरण देखाउदै डा शाहले भने, ‘कोरोनाको संक्रमण देखिदैमा आत्तिनु पर्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here