विश्वास, संस्कार र कोभिड–१९

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

मलाई कोरोना लाग्दैन । यो विश्वास हो, तर लागि हालेछ भने के गर्ने ? यस्तो विश्वास भएकाहरुको खासै तयारी र होसियारी हुँदैन । यस्तो सोच सामान्य व्यक्तिको मात्रै हो भन्ने हुँदैन रहेछ । त्यस्तै अर्को विश्वास मलाई वा हामीलाई कोरोना लागि हालेमा जडिबुटीले ठीक पार्छौैं, ईश्वरले हाम्रो रक्षा गर्छन्, हामीसँग शक्ति छ, श्रोत साधन छ । कोरोना लाग्न दिँदैनौ र लागि हाले ठीक पार्छौं जस्ता विश्वास पनि हामीभित्र हुने रहेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले लामो समयसम्म मास्कको आवश्यकता देखेनन् । लकडाउनको विपक्षमा रहे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घण्टी बजाउने, थाल ठटाउने, बत्ती बाल्ने उर्दी जारी गरे जनताले त्यसै गरे । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर नेपालीको भान्सामा जडिबुटीको प्रयोग हुने गरेको कारण रोग (कोरोना समेत) प्रतिरोधी क्षमता बढ्तै रहेको भने । कोरोना भई हाले तातोपानी, बेसार आदिले पनि ठीक गर्न सकिन्छ भने । यही कुरा आममानिसले भनेको अवस्थामा त्यति चर्चा हुँदैन, तर शासनको उच्च तहमा, कार्यकारी भूमिकामा बसेका व्यक्तिबाट यस्ता विश्वासका कुरा आउँदा आलोचना भयो । यो स्वभाविक कुरा हो ।

मेरो घरमा कहिल्यै चोरी हुँदैन भन्नु विश्वास हो । छिमेकी प्रतिको भरोसा हो । तर, सुरक्षाको राम्रो प्रबन्ध नगरेकै कारण चोरी भयो, क्षति भयो भने त्यसको दोष र क्षतिको भागीदारी स्वयम्ले हुनुपर्छ । कोरोनाको कारण अमेरिका, ब्राजिल, भारत, नेपालमा कार्यकारी प्रमुखहरुले गरेको विश्वास र सोचको तुलनामा धेरै नै क्षति भएको छ । यो क्षति अभैm कति हुने हो त्यो निश्चित छैन ।

यस्तो विश्वास देशका कार्यकारी प्रमुखको हुँदा देशले बढी क्षति व्यहोरेको छ । तर, यस्तो विश्वास कार्यकारी प्रमुखमा मात्रै सिमित छैन । व्यक्ति, परिवार, समुदाय जताततै भेटिन्छ । धेरै दिनपछि एकजना पुराना अलि पाका मित्रसँग एउटा मरिमराउ भएको ठाउँमा भेट भयो । मित्रले माक्स लगाउनुभएको थिएन, छेउमै आएर अङ्गमालै गरुला जस्तो गर्नुभयो । म आपैmं अलिपछि हटें र अहिलेको अवस्था टाढैबाट नमस्कार भनें । कोरोनाको कहरबाट बच्न पर्छ के गर्नु सतर्क हुनै प¥यो के भनेको थिएँ उहाँले त मलाई कोरोना सोरोना केही छैन भए तपाईहरुलाई होला भनेर ततर्किनु भयो । मैले मसँग हुन सक्छ र त्यो तपाईमा सर्न सक्छ त्यसैले मैले सतर्क हुन चाहेको भनें ।

मैले यस्ता थुप्रै मानिस देखेको छु जसलाई पुरै विश्वास छ यो कोरोना उनलाई लाग्दैन । उनीहरुको सतर्कता पटक्कै देख्दिनँ । मास्क बेला–बेलामा अरुका लागि लगाई दिन्छन् । कुरा गर्नुप¥यो भने पहिला नजिक जाने र मास्क खोलेर बोल्न शुरु गर्छन् । भौतिक दूरीको कत्ति पनि ख्याल गरेको पाइँदैन । यो विश्वास मात्रै हो । संयोगले कोरोना लागेन र लागे पनि लक्षण देखिएन, निको भयो भने त राम्रै हो । तर, त्यस्तो भएन भने यो विश्वासले समुदायका अरु मानिसलाई धेरै नोक्सान गर्ने अवस्था देखिन्छ ।

समुदायमा अर्का एकखालका मानिस छन् । तिनलाई अरु सामान्य मानिसले मान्ने नियम उनले पालना गर्नु पर्दैन भन्ने सोच छ । अर्थात् यस्तो सामान्य नियम मान्नु जनसाधारणको काम हो र उनी अलि विशेष मानिस हुन् । उनका लागि यस्तो नियम लाग्दैन, उनले पालना गर्नुपर्दैन । किनकि उनी विशेष मानिस हुन् । अर्थात् जसले यस्तो नियम मान्दैनन् मान्नु पर्दैन उनीहरु विशेष मानिस हुन् । त्यसैले यस्तो विशेष मानिस हुने रहर, होड आदिका कारण पनि कोरोना सम्बन्धी नियमको पालना नगर्ने र उल्लंघन गर्ने बढेका छन् । यस्तो काम धेरैजसो समाजका नेता र ठालूहरुले गर्ने गरेका छन् । यिनलाई कोरोना भयो भने सार्वजनिक गर्ने र नियममा बस्ने सम्भावना पनि निकै कम छ । तर, समुदायमा कसैलाई कोरोना लागेमा तिनलाई सार्वजनिक गर्ने र अर्ति–उपदेश दिनेमा यस्ता मानिस सधैँ अगाडि हुने छन् । यस्तो काम प्रदेश दुईमा अन्यत्रभन्दा बढी भएको हो कि जस्तो लाग्छ समाचार हेर्दा, सुन्दा ।

अर्को एउटा समूह छ त्यो जुनसुकै समुदायमा छ । रहरले होइन बाध्यता र करले घर छाडेर बाहिर निस्केको छ । दिनै कमाउने, दिनै खाने वर्गलाई हुनसम्मको कहर छ । घरमा लालाबाला छन्, उमेर ढल्कदै गरेका बाबुआमा छन् । तिनको छाक कसरी टरेको होला ? यसबारेमा धेरैले सोच्न भ्याएकै छैनन् । सोचेर पनि केही गर्न सकिने अवस्था छैन । कति गर्ने ? कसलाई गर्ने ? कसरी गर्ने ? यो समस्या छ । भोकको रनाहाले बाहिर निस्कन बाध्य यस्ता मानिससँग सुरक्षाका उपाय हुँदैनन् । कोरोनाको कहरभन्दा भोकको कहर उच्च छ, नजिकै छ । त्यसैले चाहेर पनि यो वर्गका मानिस नियममा बस्न सक्दैनन् । यी सबै उच्च जोखिममा छन् । यिनका कारण समाजका अरु मानिस पनि जोखिममा हुने नै भए । यस्ता समस्यामा भएका वर्गलाई राहत होइन काम चाहिएको छ । काम दिन सक्नेले धेरैथोरै काम दिएर कामको दाम दिन सक्दा ठूलै सहयोग हुने अवस्था छ । यसमा सकेको गर्न सबैले प्रयास गर्दा यो महामारीमा अति नै समस्यामा परेका मानिसलाई केही राहत हुन्छ । यसमा योगदान गर्न सबैले कोशिस गरौं ।
अर्को एउटा सानो समूह छ जो वेपरवाह, गैर जिम्मेवार र लापरवाही गर्छ । यो समूहमा युवादेखि वृद्धसम्म सबै पर्न सक्छन् । तिनलाई कोरोनाको कहर, अरुका दुःख र अप्ठ्यारा आदिसँग कुनै मतलब छैन । केबल एकछिनको तल–तल मेटन यस्ता मानिस रक्सी पसलमा झुम्मिन्छन्, केही नभए भैmं सँगै बस्छन्, खान्छन् । चिउडामा बेला–बेलामा थोत्रो मास्क लगाउँछन्, मास्क किन्ने पैसा छैन भन्छन् । सेनिटाइजर भेटीहाले छन् भने गन्ध थाहा पाए सुक्र्याउन बेर लाउँदैनन् । गुट्का, मधु, परागको खोजीमा पसल–पसल लखर–लखर हिँड्छन् । प्याच्च–प्याच्च जताततै थुक विसर्जन गर्छन् । सित्तैमा पाइने राहतको लाइनमा सबैभन्दा पहिला पुग्छन् । सुर न तालका गजाडी गफ गरेर अरुलाई अल्मल्याउन पाए भने ठूलै उपलब्धि ठान्छन् । यस्ताहरुबाट समाजमा झन् धेरै कोरोना संक्रमणको जोखिम छ । पहिला यिनले निर्दोष परिवारलाई सार्छन् र पछि अरुलाई ।

अर्को एउटा विश्वास सबैजसो समुदायमा सबैलाई छभन्दा हुन्छ । जस्तै मिल्ने साथि, एउटै पेशा व्यवसायका साथी, केही समय (२४ घण्टामा २÷४ घण्टा) सँगै काम गर्ने साथी, आफन्त, नाता सम्बन्ध, दिनभरि लखर–लखर डुलेर घर आउने परिवारका सदस्य आदिलाई कोरोना छैन, हुँदैन भन्ने विश्वासमा छौं । त्यसैले त परिवार र यस्ता साना–साना समूहमा हुने उत्सवहरु रोकिएका छैनन् । यो पनि विश्वास मात्रै हो । जोखिम यस्ता व्यवहारले पनि बढाइरहेको सहजै बुझ्न सकिन्छ ।
यस्ता कतिपय विश्वास र व्यवहारका हामी सम्वाहक बनेका छौं । तर, कोरोना रोक्न सचेतना प्रवाह गर्ने सञ्चारकर्मी, जनप्रतिनिधि, कोरोना कालमै पनि सुरक्षा प्रदान गर्ने प्रहरी, कोरोना समेतका विरामीको उपचारमा संलग्न स्वास्थकर्मीलाई कोरोनाले छोइहालेछ भने हामी उती उदार हुन सकेको हँुदैनौं । त्यसैगरी भोक मेटाउन बाध्यताले बाहिर निस्कने समूह प्रति हामी आवश्यकता जति संवेदनशील बन्न सकेका छैनौं । अन्त्यमा, कोरोनालाई जित्न विश्वासले होइन व्यवहारले मात्रै सकिन्छ भन्ने बुझ्न अब पनि ढिलो नगर्नु बुद्धिमानी हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here