जुवाको खालबाट १० जुवाडे पक्राउ

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

झापा, झापाको भद्रपुर नगरपालिका – २ पृथ्वीनगरबाट प्रहरीले सोमवार राति जुवाको खालबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कर्यालय भद्रपुरको संयुक्त प्रहरीको टोलीले सुवास तामाङको घरबाट जुवा खेतीरहेका १० जनालाई नै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार घर धनी तामाङ सहित भद्रपुर ४ का माधव राजवंशी, रमेश लिम्बू, राजु लिम्बू, अनिश लिम्बू, भद्रपुर २ का कर्ण तामाङ , अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर ६ का तुरुल राजवंशी रहेका छन् ।
प्रहरीले जुवाको खालबाट नगद ८४ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here