दुहागढीमा दीप प्रज्वलन

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

दुहागढी,
राष्ट्रिय बाल दिवसको अवसरमा झापा दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा दिप प्रज्वलन गरिएको छ ।
विद्यालयको बाल क्लबको आयोजनामा सोमबार साँझ विद्यालयमा दिप प्रज्वलन गरिएको हो । कोभिड–१९ का कारण विविध कार्यक्रम गरी बाल दिवस मनाउन सम्भव नभएपछि कोरोना महामारीको अन्तयको कामना गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन् । बाल क्लबका अध्यक्ष अभिषेक कटुवालको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर परिषद सदस्य लाल महमद मिया, विद्यालय व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशी, शिक्षक मित्रलाल काफ्ले तथा बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बाल दिवसको यस वर्षको नारा “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here