घर टुक्राउने नारदलाई नआउ भन्न सक्नुपर्छ

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

बशन्ता गौतम

गजल

घर टुक्राउने नारदलाई नआउ भन्न सक्नुपर्छ
गाउँले कुरा बटुलेर नधाऊ भन्न सक्नु पर्छ ।

बाहिरिया गीत सुनी पछि तिन्कै लाग्यौँ भने
दरार आँउछ सम्बन्धमा नगाऊ भन्न सक्नु पर्छ ।

माया अनि विस्वास नै मजबुत कडी जान्दाजान्दै,
आशंकाले लाउदा आगो नलाऊ भन्न सक्नु पर्छ ।

उतारचढाव जिन्दगीमा जस्को पनि हुन्छ र त ,
हिँडेका ती पाइला छेकी नजाऊ भन्न सक्नु पर्छ ।

सन्तुलित बन्न जीवन शंका जति पन्छाएर ,
साचो माया भए कसम नखाऊ भन्न सक्नु पर्छ ।

भैरहवा ८ रुपन्देही

[समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसबुक पेजबाट साभार]

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here