‘एटिएम’प्रति मानिसको आर्कषण बढ्दै

३० भाद्र २०७७, मंगलवार १५:२६ मा प्रकाशित
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

Advertisement

पछिल्लो समय बैकिङ्ग कारोवार गर्ने सर्वसाधारणको आर्कषण एटिएम कार्डप्रति हवात्तै बढेको छ । यसअघि जुनसुकै बेला संसारका बिभिन्न मुलुकबाट बिना झनझण्ट रकम निकाल्न पाउने भएपछि ग्राहकको चेकबाट गर्ने कारोबार छाडेर एटिएमतर्फ आर्कषण दिनप्रतिदिन बढ्े पनि पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न भन्दैं एटिएम कार्ड प्रयोगकर्ता बढेको सम्बन्धित बैंकका अधिकारीहरु बताउँछन् ।

झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्रविन्दु मानिएको काँकरभिट्टामा सिद्घार्थ, सन्राइज, एनआइसि एशिया, एक्सेल डेभलपमेन्ट लक्ष्मी, माछापुच्छ«े प्रभु बैंकलगायत थुप्रै कमसिर्यल बैंकका शाखाहरु सञ्चालनमा छन् । तर, ती बैंकमा कारोवार गर्ने अधिकाँशले एटिएम कार्ड प्रयोग गर्ने गरेको सम्बन्धित बैंकहरुले जनाएका छन् ।

झापाको मेचीनगरमा पहिलो पटक एटिएम सेवा शुरु गरेको सनराईज बैक लिमिटेडका अधिकाँश ग्राहकको कारोबार कार्डबाटै हुने गरेको छ । करिब ७० प्रतिशत ग्राहकले कार्ड प्रयोग गर्ने गरेको बैंक स्रोतले जनाएको छ ।

एटिएम कार्ड नमाग्ने प्रायः कुनै पनि वैंकमा ग्राहक नै छैनन् । चाहिएका बेला झिक्न पाउने भएपछि बैंकका ग्राहकको आर्कषण एटिएमतर्फ बढेको हो । पछिल्लो समय रुपैयाँबाट समेत कोभिड १९ को संक्रमण सर्ने हल्ला चलेपछि बैकिङ्ग कारोवार गर्ने सर्वसाधारणको आर्कषण एटिएम कार्डप्रति हवात्तै बढेको वैंकले जनाएका छन् ।

माछापुच्छ«े बैंक काँकरभिट्टा शाखामा १ हजार ५ सय बढी ग्राहक छन् । ती मध्ये ९० प्रतिशतबढीले एटिएम कार्डको प्रयोग गर्नै गरेको शाखा प्रमुख केदार ढकालको भनाई छ । कोभिडका कारण पनि मानिसहरु भीडभाडमा जान डराउने, चेकबाट बैंकमा रकम निकाल्न जादा घण्टौं घण्टासम्म लाइनमा बस्नु पर्ने भएपछि पनि अधिकाँशको आर्कषण त्यसतर्फ बढेको ढकालको भनाई छ ।

आफुसँग कार्ड भए चाहिएका बखत जतिखेर पनि रकम निकल्न पाईने, जुनसुकै बैंकको कार्ड भएपनि कुनै अनावश्यक झण्झट व्यहोर्नु नपर्ने , हरेक बैंकले एटिएम बुथको व्यवस्था गरेकालगायत अन्य धेरै कारणल पनि अब विस्तारै ‘क्यास लेस बैकिङ्ग’ कारोवारमा मानिसको आर्कषण बढेको उहाँ बताउनुहुन्छ । शहरमा मात्र होइनन् ग्रामीण क्षेत्रका ग्राहकको पनि चेक भन्दा कार्डतर्फ नै आर्कषण बढ्ेको छ ।

सुरक्षा र सजिलोका कारण एटिएमतर्फ मानिसको आर्कषण बढ्ेको कार्ड प्रयोगकर्ताहरु बताउँछन् । सन्राईज बैैकका अधिकाँश ग्राहक एटिएम प्रयोगकर्ता छन् । बैंक अधिकारीका अनुसार करीव १२ देखि १५ सय ग्राहक भएपनि ७० देखि ८५ प्रतिशतले कार्डको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय बैंकमा कार्डको माग बढ्न थालेको बैंकले जनाएको छ । सिद्घार्थ बैंकका कुल २ हजार १ सय ग्राहकहरुमध्ये १५ देखि १८ सयले कार्ड प्रयोग गर्ने गरेका छन् ।

शाखा प्रवन्धक चन्द्रकुमार पोखरेलका अनुसार एकसातामा न्यूनतम ५० लाख रुपैयाँसम्म कार्डकै माध्यमबाट निकासा हुने गरेको छ । काँकरभिट्टामा रहेका आधा दर्जनबढी कर्मसियल बैंकका कार्ड प्रयोगकर्ताले सिद्घार्थ बैंककै एटिएम प्रयोग गर्ने गरेको शाखा प्रवन्धक पोखरेलको भनाई छ ।

काँकरभिट्टास्थित एनआइसि एशिया बैंकको शाखामा ६ हजार बढी ग्राहक छन् । कुल संख्यामध्ये ५० देखि ५५ प्रतिशतलाई कार्ड वितरण गरेको बैंकले जनाएको छ । एनआइसि एशिया बैंकको एटिएम बुथ चौवीसै घण्टा खुला रहने भएकालेपनि अन्य बैंकका थुप्रै ग्राहकले समेत सुविधा लिने बेैंकले जनाएको छ ।

उक्त बैंकले कार्डलाई निःशुल्क गरेको छ । नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार जुनसुकै बैंकको कार्ड भएपनि प्रयोगकर्ताले अलग अलग बैंकको एटिएमबाट रकम निकाल्दा थप दस्तुर तिर्नुनपर्ने भएकाले पनि पछिल्लो समय ग्राहकको आर्कषण बढेको बैंकले जनाएको छ । अब हरेक कुरा प्रविधिमैत्री हुनुपर्ने भएकाले पनि कार्डप्रतिको आर्कषण बढेको हो ।

सार्वजनिक विदाका बखत पनि आवश्यकता अनुसार रकम निकाल्न पाइने, चेक बोकेर लाइन बस्ने झण्झटबाट मुक्त हुनेलगायतका थुप्रै सुविधा कार्यबाट प्राप्त हुने भएपछि यसको प्रयोगमा सर्वसाधारणको आर्कषण बढेपनि चूनौती पनि रहेको बैंक अधिकारीहरु बताउँछन्

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here