फाकफोकथुमका एक सय जनाको पीसीआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ

३० भाद्र २०७७, मंगलवार १५:३५ मा प्रकाशित
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

युद्धबहादुर बोहोरा/ इलाम,

Advertisement


फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का एक सय जनाको कोरोना भाइरसको पीसीआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

केही दिन अघि वडा न.–२ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको कोरोना परिक्षणमा पिसिआर रिर्पोट पोजेटिभ देखिएको र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग पछि स्वाब संकलन गरि परीक्षणमा पठाएको थियो ।

गाँउपालिका भित्र कोरोना संक्रमित भेटिएपछि कार्यालयले २२ गते सोमबार देखि सुचना जारी गरि अर्को सुचना नआउन्जेल सम्म शंकास्पद क्षेत्र शिल गरिएको थियोे । रिर्पोट सबैको नेगेटिभ आएपछि स्थानीयमा त्रास न्यून हुने साथै वातावरण थप सहज बनाउन शिल खुल्ला गर्न सूचना जारि गरिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित व्यक्ति केही दिन अघि लडेर मेरुदण्ड तथा करङ्गको भागमा असर पुगेको र कोरोनाको समेत धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here