नेपालमा ६ म्याग्निच्यूडकाे भूकम्प, केन्द्रबिन्दु सिन्धुपाल्चोक

0
1059

काठमाडौं,

नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हाे।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडकाे भूकम्पको धक्का महसुस भएको हाे। याे भूकम्पको धक्का खाेटाङ, भाेजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ।

काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हाे। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here