छानो फेर्न एक अर्ब ३६ करोड !

३१ भाद्र २०७७, बुधबार १४:०० मा प्रकाशित

सुरेन्द्र भण्डारी
झापा,

Advertisement

झापा क्षेत्र नम्वर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ ।
सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाईदिन शुर गरेसंगै झापा क्षेत्र नम्वर ५ मा पर्ने चार वटा पालिकामा फुसको छानो रिर्वतन हुन लागेको हो ।

जसका लागि सरकारले एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।
विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम,जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् । सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७ सय ३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्वर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षत्रे हो । यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६ सय १६ । र गौरादह नगरपालिकामा ६ सय ६३ विपन्नका लागि छाने फेरिँदैछ । त्यस्तै कमल गाउँपालिकामा ८ सय ३० र गौरीगञ्ज गाउँपालिकामा ६ सय २७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जसका लागि प्रत्येक घरलाई ५० हजार रुपैयाँ उपलब्ध गराइँने भएको छ ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १ सय २० वटा घर निर्माण गरिने भएको छ ।
एक घर निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्वन्धित घर धनीको जनश्रमदान रहने थापाले बताउनुभयो ।
दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । जसका लागि ४२ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने गएका छन् । आवास योजना अन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रम मार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ । –––

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here