साहित्य चौतारी झापाद्वारा बाल प्रतिभा पुरस्कार स्थापना

0
1289

तुलसीप्रसाद निरौला,  बिर्तामोड  ।

साहित्य चौतारी झापाले बाल प्रतिभा पुरस्कार स्थापना गरेको छ । ३१औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको बाल प्रतिभा सम्मान एवम् सांस्कृतिक कार्यक्रममा बाल प्रतिभा पुरस्कार स्थापना गरेको घोषणा गरिएको हो ।

 

झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक /संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाले बिभिन्न क्षेत्रमा पुरस्कार र सम्मान स्थापना गरी प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि बाल प्रतिभा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने उनले बताए ।

उनले बालबालिकाको अन्तरनिहीत प्रतिभालाई साहित्य चौतारीले मञ्च प्रदान गरी प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कारको स्थापना गरिएको जानकारी दिए ।

यस वर्षको बाल प्रतिभा पुरस्कार झापा बिर्तामोड–२ चारपानेकी बाल गायिका अनुजा कडरियालाई प्रदान गरिएको छ । ८ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘साना हाम्रा कृष्ण’ नामक भजनको म्युजिक भिडियोसहितको गीति एल्बम समेत निकालेर सांगीतिक क्षेत्रमा चर्चा कमाएकी कडरियाको प्रतिभाको कदर गर्दै बालगायिका कडरियालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

कार्यक्रम संयोजक हस्त परियारको अध्यक्षता तथा लोक गायक तथा साहित्य चौतारी झापाका पूर्व सम्मानित व्यक्तित्व अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संगित उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए भने सरगम संगीतालयका दिपक रायमाझी, कृपा पौडेल र आशिका विमलीले स्वागत गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लोकगायक ओली, साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ लगायतले बाल गायिका अनुजा कडरियालाई कदर पत्र, खादा, दोसल्ला र नगदसहितको बाल प्रतिभा पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो ।
साहित्य चौतारी झापाका सल्लाहकार कृष्णप्रसाद पौडेलले संस्थापक/ संरक्षक देवीभक्त श्रेष्ठको जीवनी प्रस्तुत गरेका थिए ।

होटल व्यवसाय, फोटोग्राफी व्यवसायमा समेत अब्वल मानिएका साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठले २०५६ साल असार ३१ गते आफ्ना मातापिता तथा पितृहरुको स्मृतिमा पुरस्कार स्थापना गरी साहित्य चौतारी झापाको स्थापना गरेर हालसम्म साहित्य, कला र संगीतको क्षेत्रमा, महत्वपूर्ण योगदान पुर्याएको सल्लाहकार पौडेलले बताए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि लोक गायक अनिरुद्र ओली, अन्य अतिथि, सहभागी श्रष्टा लगायतले टीका, खादा अर्पण गरी दीर्घजीवनको कामना गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा, संस्थापक महासचिव खिलप्रसाद शिवाकोटी, सल्लाहकार राजेन्द्र संग्रौला, रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज ओली गोपाल, शिक्षासेवी लोकनाथ पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हस्त परियार, टीका भट्टराई नेपाल, चित्रा पौड्याल कोइराला, सम्मानित बालगायिका अनुजा कडरिया, तृष्णा विष्ट, देवीचरण भण्डारी, लीला अनमोल, गणेश ढुंगाना, युवराज पोर्तेल, मनिका चुडाल, जीवन धिताल, चेतन चुडाल, मणि वर्देवा, भानु ओली लगायतले गीत, भजन, कविता लगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ, गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ, साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकार, कोषाध्यक्ष भवानीप्रसाद गौतम, फुर्वा योञ्जन, सरगम संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझी, कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, फत्तेमान, गोपाल योञ्जन, जेवी आले, मदन दिपविम, नातीकाजी, अरुण थापा, हिरादेवी वाइवा, लालबहादुर खाती लगायतको गीत विभिन्न श्रष्टाले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलीप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here